शिक्षक - Pahilo Online

शिक्षक

writer

 गणेश दवाडी

गणेश दवाडी
जुँगााका रेखि,बसेका बखत,धाएको स्कुल
जिन्दगी बित्यो,कखरा गर्दै,फुलेछ कपाल
अठोट मन , उबेला गर्थ्यो , बनाऊ नेपाल
पहाड उठी , तराई जुटी , उठाऊँ हिमाल ।।
जोशिलो मन ,गठिलो तन,हाँक्तथ्याैं संसार
सचेत पार्दै ,विचार् सिंगार्दै, तर्दथ्याैं जँघार
त्यो जोशआज, गएछ कहाँ गमेर साेच्याैं के ?
दश् चिरा पार्ने,तेलमा तार्ने,चलन देख्याै के ?
नहटे सम्म , बादल डम्म , उठदैन स्कुल
हुनेछ सधैं, यो चाल रहे , छरेको बिस्कुन
सम्हेल्न बिस्कुन,जुँगाका रेखा,हाल्नुछ सबैले
जोजो छौ जहाँ जाँगर पाली थाल्नुछ आफैंले
घर र गाउँ, स्कुल धाउँदै, बित्ने भो यो जुनि
नपर्नु छक्क, नहुनु दिक्क ,विलौना यो सुनी
मास्टर पर्याैं, ओरालाे झर्याैं, कमाउन सकेनौं
सिकाको सीप,उकाली चढ्यो,बालक मारेनाैं
बुझ्नेले देख्छ, शिक्षक बेथा, भन्नेछ विचरा
नबुझ्ने जन ,गर्दछ गालि , बोल्दछ छिचरा
सामुन्ने हाम्रा,लाला र बाला,देशका कर्णधार
बुझेर लाग्नु, सिवाय छैन , यिनै हुन् सुत्रधार।
राखेर होश , पालेर जोश , ज्ञानको अमृत
बाँढ्नुछ सीप, बाल्नुछ दीप ,बालक समिप
नगरी पाखा ,च्यापेर काखा,लालाको मल्जल
ज्ञानको शाला ,बालेर पाला ,पार्नुछ झल्मल
ढुङ्गाका बीच, फुलेको दुबो, सरि छ जीवन
तैपनि हामी , राष्ट्रको प्रेम , बनाउँछौ रिवन
उठाई देश ,राष्ट्रको भेष , खिएको जीवन
बाँडेर ज्ञान,राखेको शान,को सक्छ जितन ?
लेटाङ-९ मोरङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles