आगामी दिनमा पर्यटकीय क्षेत्र बनाउने सोच छ - Pahilo Online

आगामी दिनमा पर्यटकीय क्षेत्र बनाउने सोच छ

writer

पहिलो अनलाइन

नरेश मग्राती (उपाध्यक्ष) बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह, लेटाङ–९ जाँते, मोरङ

दिनचर्या कसरी विताई रहनु भएको छ ?
समूहको नियमित बैठकका साथै कहिलेकाहीं आकस्मिक बैठक पनि बस्नु पर्ने हुन्छ । यस्तै कहिले पदाधिकारीको मात्र पनि बैठक बस्नु पर्ने हुन्छ । यो सँगै कहिलेकाही वनमा छड्के गस्ती गर्ने र विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि समय दिने गरेको छु ।

वनको क्षेत्रफल कति छ र यसबाट लाभ हासिल गर्ने उपभोक्ताहरुको संख्या कति छ ?
यो बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह वि.सं. २०५६ सालमा स्थापना भएको हो । यस समूहको संस्थापक अध्यक्ष पूर्णबहादुर कुरुङवाङ हुनुहुन्थ्यो । त्यसपछि कृष्ण लुइटेल, सन्त राई हुँदै हाल होमनाथ सुबेदीको नेतृत्वमा समूहका गतिविधि अगाडि बढाइ रहेका छौं । यसको वन क्षेत्र ३३८ हेक्टर हो । उपभोक्ता घरधुरी संख्या हाल ५५० पुगेको छ ।

बसन्त हरियाली सामुदायिक वनले के कस्ता कामहरु गरिरहेको छ ?
अहिले वन विकासको काम भैरहेको छ । विरुवाहरु गोडमेल र विभिन्न ठाउँहरुमा विरुवा रोप्ने काम भैरहेको छ । यस वाहेक सामाजिक क्षेत्रमा बाटो निर्माणको लागि, विजुली विस्तार, मलामी खाजा घर निर्माणमा सहयोग गरेका छौं ।

समूहले वन पैदावर विक्रीबाट बार्षिक कति आम्दानी गर्छ ?
विगतमा वैज्ञानिक वन व्यवस्थान गर्दा करिव चार वर्षजति हाम्रो वार्षिक रुपमा करोडको हाराहारीमा आम्दानी हुन्थ्यो । पछि फेरी राज्यले नै वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि हामीले सामान्य कार्ययोजना बनाई ढलापडा काठ मात्र निकाल्न थाल्यौं । अहिले चाहीं काठदाउरा विक्रीबाट वार्षिक ७० लाख जति आम्दानी गर्ने गरेका छौं ।

यो आम्दानी कुन कुन क्षेत्रमा खर्च गर्नु हुन्छ ?
मुख्यतः वन विकास नै हो । त्यसपछि गरिवि न्युनिकरण, सामाजिक विकास र कार्यालय सञ्चालनमा खर्च गर्ने गरेका छौं ।

आगामी दिनमा के गर्ने योजना छ ?
हाम्रो आगामी योजना भनेको पर्यटकीय क्षेत्र बनाउने सोच छ । हाम्रो वनमा जलासय नभएतापनि अन्य कुराको पूर्वाधार निर्माण गरी बाहिरी पर्यटकलाई भित्र्याउने लक्ष्य र उद्देश्य छ । गाउँ टोलका गरिव उपभोक्ताहरुलाई निःशुल्क घर निर्माण गरिदिने र निःशुल्क तालिम दिन्छौ । तालिम लियो भने आफ्नो खुट्टामा उभिन्छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes