बाल्मीकि मेमोरीयल आवसिय माविद्वारा विद्याथीलाई शुभकामना प्रदान - Pahilo Online

बाल्मीकि मेमोरीयल आवसिय माविद्वारा विद्याथीलाई शुभकामना प्रदान

writer

पहिलो अनलाइन

पथरी, असार ३० – विगत लामो समयबाट मोरङको पथरी शनिश्चरे २ मा रहि सफल शिक्षण गराउँदै आएको बाल्मीकि मेमोरीयल आवसिय  माध्यमिक विद्यालयले विद्याथीलाई बधाई,बिदाई तथा शुभकामना प्रदान गरेको छ ।

विद्यायलको बार्षिक कार्यतालिका अनुसार यो बर्ष विद्यालयबाट ३.८५ जीपिए ल्याएर उतिर्ण भएकी छात्रा ज्योति यादव सहित ७७ जना विद्यार्थीहरूलाई पथरी शनिश्चरे २ स्थित हरियाली सामुदायीक वनको सभाहलमा एक कार्यक्रमको आयोजना गरी बधाई,बिदाई तथा शुभकामना प्रदान गरेको हो ।

विद्यालयका संस्थापक तथा निर्देशक नबलकिशोर खनालको अध्यक्षता, पथरीशनिश्चरे नगरपालिका शिक्षा शाखाका अधिकृत नवीन खुलाल बुढाथोकीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि नवीन खुलाल बुढाथोकीले बालबालिकाको मनोभावना शिक्षक तथा अभिभावकले बुझेर अगाडि बढ्न आग्रह गर्दै विद्यार्थीहरूको उज्वल भविश्यको लागी उनिहरुको रोजाईको विषयनै अध्ययन गराउन अनुरोध गर्नूभयो ।

यस्तै प्यापसन कार्य समिति पथरीशनिश्चरका सचिव सन्तोष बस्नेतले पछिल्लो समय विद्यार्थीको रोजाई विदेश गएर पढ्नु रहेको बताउदै यो बाध्यतालाई अन्त्य गर्न सानै स्थानबाट सुर गर्नुपर्ने बताउनुभयो वहाँले प्यावसनको नजरमा यो विद्यालय उत्कृष्ठ रहेको बताउदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सोहि क्रममा प्रधानअध्यापक चन्द्र प्रसाद दुलालले शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूले पुर्याएको विशेष योगदानको विद्यालयले सदैव कदर गर्ने बताउदै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

करीब १ सय भन्दा बढी विद्यार्थी र अभिभावकको उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीहरुले मौलीक नृत्य गायन प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes