पञ्चायतद्वारा शिक्षक र कर्मचारीकालाई विदाई तथा सम्मान - Pahilo Online

पञ्चायतद्वारा शिक्षक र कर्मचारीकालाई विदाई तथा सम्मान

writer

पहिलो अनलाइन

पथरी/ पथरीशनिश्चरे–१, मोरङमा रहेको पञ्चायत माध्यमिक विद्यालयले मङ्गलबार (आज) शिक्षक तथा कर्मचारीका लागि बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा सेवानिवृत्त हुने, सरुवा हुने र पदोन्नतिसहित स्थानान्तरण हुने शिक्षक तथा कर्मचारीलाई सम्मानसहित बिदाइ गरिएको हो ।

पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शिक्षकहरू नगेन्द्र मिश्र, प्रमिला न्यौपाने तिवारी, दुर्गादेवी काफ्लेलगायतलाई अबिरमाला लगाई खादा, दोसल्ला, सम्मानपत्र र मायाको चिनोसहित बिदाइ गरिएको थियो ।

सोही अवसरमा सेवानिवृत्त कर्मचारी वैद्यनाथ लुइँटेललाई कदरपत्रका साथ प्रोत्साहन रकम पचास हजार रुपैयाँसमेत प्रदान गरिएको थियो । बिदाइ हुने शिक्षक तथा कर्मचारीलाई मायाको चिनो प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले विद्यालयको सर्वाङ्गीण विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक बुद्धिनाथ अधिकारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार आइतकुमारी तुम्बापो, सल्लाहकारहरू कृष्णप्रसाद तिम्सिना, खगेन्द्र नेपाल, विव्यस सदस्यहरू गोमा दाहाल निरौला, प्रमिशा धिमाल, आमा समूहकी अध्यक्ष निर्मला भट्टराईलगायतको उपस्थिति थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes