खेल जगतमा भविष्य खोज्दै सुजल - Pahilo Online

खेल जगतमा भविष्य खोज्दै सुजल

writer

समिर वि.क.

भरतपुर चितवन १२ का १९ वर्षीय सुजल कार्की तेक्वान्दो खेलका युवा खेलाडी हुन् । बुबा राजेश र आमा लक्ष्मि कार्कीका एक्लो छोरा सुजल हाल काठमाडौं लाजिम्पाटमा बसोबास गर्दै आएका छन् ।

उनी खेलकुद क्षेत्रमा कक्षा ७ देखि नै लागेको बताउँछन् । कभर्ड हल चितवनमा तेक्वान्दोको प्रारम्भिक प्रशिक्षण लिएका उनी आफ्नै मिल्ने साथीसंगको संगतले यो खेलमा लागेको बताउँछन् । तेक्वान्दो गुरु योगेशकुमार योगीका प्रिय चेला उनी भर्खरै प्लस टु अध्ययन सकेर तेक्वान्दो खेलमा ब्लाक बेल्ट प्राप्त हुन् । उनी टेवल टेनिसका राम्रो खेलाडि पनि हुन् ।

युवाहरु माझ लोकप्रिय खेल पब्जि गेमबाट पनि राम्रै आम्दानी गरेका उनी पब्जि टिम आई मित्रमा आबद्ध थिए । हालैमात्र एक्स गडले उनलाई अफिसियल स्पन्सर गर्न लागेको बताउँछन् ।

व्यापारिक घरानासंग सम्बन्धीत उनी काठमाडौंमा बुबा आमाको किराना पसल र फेन्सी स्टोरमा फुर्सदको समय मिलाएर व्यवसायमा व्यस्त हुने गर्छन् ।

सुजलको विशेष रुचि विभिन्न नयाँ ठाउँ घुम्ने डुल्ने र गीतसंगीतमा रमाउनु रहेको छ । सुजल भन्छन् –‘कुनै पनि खेलमा तनमन लगाएर लाग्ने हो भनें एक दिन अवश्य सफलता मिल्ने छ ।’ उनले पब्जि गेमबाट पनि राम्रै आय आर्जन गर्ने गरेका छन् । भविष्यमा खेल जगतबाट नै आफुलाई चिनाउनु र जीवनयापनको लागि खेल जगतबाटै अघि बढ्ने उनको उद्देश्य रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes