मुक्तक यात्रा - Pahilo Online

मुक्तक यात्रा

writer

ओम श्रमिक

ओम श्रमिक


आस्थाको सगरमाथा झुकेको नि पत्तै नहुने !
इमानको भीष्म पनि चुकेको पत्तै नहुने !!
सतिसाल झै अडिग यहीँ कतिखेर ढल्छ,
मानव भित्र दानव लुकेको नि पत्तै नहुने !!

उषाका लालीहरु यहाँ गुमनाम भए !
सुगन्धका बेली चमेली पनि दुर्नाम भए !
कतिखेर झुक्छ आस्थाको हिमाल ?
तिनै नाम अतितका पानामा सुनाम भए !!

सुने, नयाँ युग ल्याउन संविधान बनायौ !!
फेरि नि निमुखालाई रेट्ने कानुन बनायौ !
निर्धाहरुको बुईमा सत्ताको सिढि चढेपछी
आफ्नै पतनको बाटो जानजान बनायौ !!

                                          पथरीशनिश्चरे, मोरङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes