आजकालका मान्छेहरु - Pahilo Online

आजकालका मान्छेहरु

writer

ममता कार्की

ममता कार्की

आजकालका मान्छेहरु अनुशासनमा खस्ने गर्छन्
बाह्र वर्ष पुग्न नपाई लभ लेटरमा फस्ने गर्छन् ।
पढाइलाई हैन, अब मायालाई कस्ने गर्छन्
पढाइलाई छाडी डेटिङमा बस्ने गर्छन् ।

गाउँछन् सबैले गीतहरु हिन्दी र पप
पुस्तक पढ्छन् खोजी–खोजी प्रेम सम्बन्धी सब ।
पर्खिदैनन् भ्यालेन्टाइन डे गर्न थाल्छन् लभ
पढाइमा भन्दा बढी फेसवुकमा गर्छन् गफ ।

लोकगीतलाई हान्छन् छुरा प्रेमका गर्छन् ठूला कुरा
प्रेमसम्बन्धी प्रश्न सोध्दा उत्तर भन्छन् पूरा ।
स्कुल हिँडेका रे हेर्दाखेरी सपिङ सेन्टर हिँडे जस्तो
प्रेम सम्बन्धी पुस्तक पढ्छन् शिक्षा त भयो सस्तो ।

अनुहारमा हेर्दा सबैको लाली पाउडर र गाजल
प्रेमका कुरा गर्दाखेरी सबै हुन्छन् पागल ।
लुगा लगाउँछन् हिरोइनको जस्तो सबै छोटो–छोटो
कक्षाभित्र खिच्ने गर्छन् सबैले सेल्फी र फोटो ।।
पथरीशनिश्चरे, मोरङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes