जनसेवा सामुदायिक वनको साधारणसभामा जेष्ठलाई सम्मान - Pahilo Online

जनसेवा सामुदायिक वनको साधारणसभामा जेष्ठलाई सम्मान

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग। उत्तरी मोरङको लेटाङ्ग चार स्थित श्री जनसेवा सामुदायिक बनको २१ अौं साधरण सभा यहि माघ २५ गते बुधबार सम्पन्न भएको छ ।           आफ्नै सभाहलमा सम्पन्न उक्त साधरण सभाको नगर प्रमुख भुपेन्द्र लावतीले जनसेवा सामुदायिक बन द्वारा निर्माण गर्न लागिएको  “श्री जनसेवा भनभोज तथा चिडियाघर” को स्वस्ती वाचनका साथ सिलान्यास् गरेर उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा नगर प्रमुख लावतीले यो योजना नगरको सोँचलाई समेत समेटेर तयार हुनलागेकोले यसमा नगर पुर्णरुपमा सकारात्मक रहेको वताउनु भयो ।   शिलान्यास् स्थल भने सभाहल भन्दा करिव तिन सय मिटर पुर्वमा रहेको बन क्षेत्रमा  रहेको थियो ।

उक्त साधरण सभाले आफ्ना उपभोक्ता मध्येका तिन जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । यसरी सम्मान पाउनेहरुमा  डिल्लीमाया लिम्बू , रामकुमारी राई र नन्द प्रसाद यँणी मगर हुनुहुन्छ । उहाँहरुलाई जनही रु. एक हजार नगद र दोषल्ला ओडाएर सम्मान गरिएको संस्थाकी सचिव सुजता राईले जनाएकी छन् । सचिव राईका अनुसार सोही अवसर पारेर गत वर्षको एसंइई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने विद्यार्थीलाई पनि सभाले सम्मान गरेको छ । यसरी सम्मान पाउनेमा ३.१० जीपीए ल्याई एस्इई उतिर्ण हुने सन्ध्या विश्वकर्मा रहेकीछन् । उनीलाई नगद दुईहजार रुपैंया र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

यसैगरी सभाले आफ्नो संस्थाका उमेरहदले अवकास प्राप्त बनहेरालुहरु श्रीमाया लिम्बू , जानुका भुजेल र टंकबहादुर लिम्बूलाई समेत ५० हजार रुपैंयाको चेक , दोसल्ला , प्रमाण पत्र र मायाको चिनोद्वारा सम्मान गरिएको छ ।            सभामा अध्यक्ष मिनकुमार राई , सचिव सुजता राई र लेखा संयोजक रविन लिम्बूले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त सभालाई नगर प्रमुख, प्रदेश एक सामुदायिक बन महासंघ सहसचिव अग्नि पौडेल लगायत महासंघका जिल्ला तह, नगर स्तरिय साथै छिमेकी सामुदायिक बनका प्रतिनिधि र डिभिजन बन लेटाङ्गका अधिकृत समेतले शुभकामना मन्तव्य राख्नभएको थियो । सभामा शुभकामना मन्तव्य राख्नुहुने अधिकांश वक्ताले आर्थिक वर्षको शुरुआतकै समयमा सम्पन्न गर्नु पर्ने साधरण ढिला गरी सम्पन्न गर्दा संस्थालाई हुन सक्ने अप्ठ्यारो प्रति संस्था सजग हुनु पर्नेमा जोडदिनु भएको थियो ।

संस्थाका अध्यक्षकै अध्यक्षतामा सम्पन्न साधरण सभाका प्रमुख अतिथि नगर प्रमुख भुपेन्द्र लावती हुनुहुन्थ्यो । सभालाई संस्थाकी सचिव सुजता राईले संचालन गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes