एमाले क्षेत्रीय सदस्यसहित कांग्रेसमा प्रबेस - Pahilo Online

एमाले क्षेत्रीय सदस्यसहित कांग्रेसमा प्रबेस

writer

पहिलो अनलाइन

मोरङ/ एमाले मोरङ ३ नं. क्षेत्रीय सदस्य जीवन कटुवाल नेपाली कांग्रेसमा प्रबेस गरेको छ ।

निर्वाचनको नजिकिदै जाँदा मोरङ क्षेत्र नं ३ माको विभिन्न स्थानबाट एमाले छाड्ने क्रम बढेको छ ।

यसैक्रममा नेकपा एमालेका क्षेत्रीय सदस्य जीवन कटुवाल नेपाली काङग्रेस प्रवेश गरेका छन् । कटुवाललाई नेपाली संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धार डाक्टर सुनिल शर्माले कांग्रेस प्रबेस  गराएका हुन । कटुवाल पथरीशनिश्चरे वडा नं १० निवासी हुन ।

कटुवाल पथरी जेसिजमा अध्यक्ष, जालपा आधारभुत विद्यालय पथरीशनिश्चरे १० को विद्यालय व्यवस्थापन समितिको पूर्ब अध्यक्ष, डाँस मोरङगी सामुदायीक बनको अध्यक्ष, नवसृजना सहकारीको उपाध्यक्ष लगायत विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् ।

केही दिन अघि देबि प्रसाईंले एमाले छाडेको घोषणा गरेका छन । पार्टीको प्रदेश समितिको संगठन बिभाग प्रमुख लगायतले पार्टी छाडेका छन । पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्टले पनि सामाजिक संजालमार्फत पार्टी छाडेको घोषणा गरेपनी केहिदिन अघि काममा फर्किएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes