‘पर्यटन प्रवद्र्धनका लागि सिमसार क्षेत्र बनाउने योजना छ’ - Pahilo Online

‘पर्यटन प्रवद्र्धनका लागि सिमसार क्षेत्र बनाउने योजना छ’

writer

पहिलो अनलाइन

प्रदिप राई (अध्यक्ष) पशुपति सामुदायिक वन उपभोक्ता समूह, पथरीशनिश्चरे–१० मोरङ

गत फागुन १८ गते सम्पन्न भएको पशुपति सामुदायिक वन उपभोक्ता समूहको चुनावी साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका व्यक्ति हुन् प्रदिप राई । २०५० साल कार्तिक ५ गते मोरङकै सिजुवामा जन्मिएका उनि सानो उमेरमै महत्वपूर्ण जिम्मेवारी सम्हालीरहेका छन् । १ हजार १ सय ३५ उपभोक्ता रहेको उक्त वन २६६ हेक्टर क्षेत्रमा फैलिएको छ । महत्वपूर्ण पदमा निर्वाचित भएको ६ महिना हुन लाग्दा उनि सामुदायिक वनको काममा निरन्तर खटिरहेका छन् । प्रश्तुत छ, तिनै अध्यक्ष राईसँग गरिएको कुराकानीको सम्पादित अंश ः

दिनचर्या कसरी विताइरहनु भएको छ ?
पहिलो पटक वन समितिको काम गर्ने जिम्मेवारी पाएको छु । म वन र उपभोक्ताको हितमा काम गर्न चाहन्छु । त्यसकारण दैनिकजसो मेरो हरेक समय समितिकै काममा दिइरहेको छु ।

तपाइ निर्वाचित भइसकेपछि के के गर्नुभयो त ?
वैज्ञानिक वनको कार्ययोजना हटाएर सामुदायिक वनको साधारण कार्ययोजना बनाइयो । उपभोक्ताले काठ दाउरा नपाउँदा समस्या झेल्दै आउनुपरेको थियो । हामीले उक्त समयस्यालाई समाधान ग¥यौं । यस वनबाट काठ ननिस्कीएको लामो समय भएको थियो । हामीले ४ हजार १ सय ४४ क्युफिट काठ कटानको अनुमती पाइसकेपछि घरगोठ बनाउन नपाएर समस्यामा परेका उपभोक्ताले घरगोठ बनाउन पाएका छन् । ऋणमा चल्दैआएको समितिलाई ऋणमुक्त गरियो ।

वन विकास अन्तर्गत के के गर्नुभयो ?
हामी निर्वाचित भएको यो छोटो समयमा हामीले धेरै काम त गर्न सकेको छैनौं । तर हामी निरन्तर खटिरहेका छौँ । हामीले २ पटक विरुवा रोपण गरिसक्यौँ । चोरी तस्करी नियन्त्रणका लागि तार, जाली लगाइरहेका छौँ । अहिले हामीले कार्यालयको बैठक भवन पनि निर्माण गर्दैछौँ । बोट विरुवा तथा जिवजन्तु चोरी तस्करी नहोस भनेर जनचेतना समेत फैलाउने उद्देश्यले हामीले ठाउँ ठाउँमा होर्डिङ बोर्ड समेत लगाउँदैछौँ ।

अनि पर्यटन प्रवद्र्धनका लागि चै के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?
पर्यटन प्रवद्र्धनका लागि हामीले सिमसार क्षेत्र बनाउने योजना बनाएका थियौँ । हाल यो काम समेत भइरहेको छ । वन वातावरण तथा भु–संरक्षण मन्त्रालयबाट हामीलाई केही बजेट आएको थियो । त्यही बजेटबाट हामीले यो कामलाई निरन्तरता दिदैछौँ । साथै पर्यटन प्रवद्र्धनका लागि थप योजना बनाउने छौँ ।
सामाजिक विकास अन्तर्गत चै के के गर्नुभयो त ?
हामीले सामाजिक विकासका कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राख्दै आएका छौँ । हालसम्म हामीले हाम्रै वडामा रहेको शिवालय मन्दिर, जालपा आधारभुत विद्यालय लगायतका ठाउँहरुमा विविध किसिमका सहयोग गरिरहेका छौँ । समाजमा लागुपदार्थ दुव्र्यशनिमा युवाहरु नफसुन् भनेर जनचेतना फैलाउने काम समेत गरिरहेका छौँ ।
आगामी योजनाहरु के के छन् त ?
वन भनेको राष्ट्रको धन हो, उपभोक्ता भनेको समाज हो । वन र उपभोक्ताकै हितका लागि उपभोक्ताले जिम्मेवारी दिएर पठाउनुभएको छ । वन बाँचे हामी बाँच्छौँ । त्यसैले वन जोगाउन हामी हरेक पक्षसँग सहकार्य गरेर अघि बढ्नेछौँ । विपन्न परिवारका उपभोक्ताका लागि हामी स्वास्थ्य विमा गरिदिने योजनामा छौँ । उपभोक्ताको जिवनस्तर उकास्नका लागि माछा तथा मौरीपालनको योजना समेत ल्याउँदैछौँ । हामी हाम्रो कार्यकाल मुल्याङ्कन योग्य बनाउने योजनामा छौँ ।

अघिल्लो कार्यसमिति तथा उपभोक्ताबाट के कस्तो साथ सहयोग छ ?
पहिलो कुरा त उहाँहरुले हामीलाई विश्वास गरेर यो जिम्मेवारी प्रदान गर्नुभएको छ । हामी उहाँहरुको विश्वासमा आँच आउने काम कदापी गर्दैनौ । त्यसैले पनि हामीले अग्रज तथा अघिल्लो कार्यसमितिका पदाधिकारी र उपभोक्ताहरुसँग पनि सल्लाह गरेर काम गर्दैछौँ । त्यसैले हामीलाई सबैले साथ सहयोग गर्नुभएको छ ।

अन्त्यमा केही भन्नु छ ?
हाम्रा कुराहरु राख्ने अवसर दिनुभएकोमा तपाई लगायत तपाईको मिडियालाई धन्यवाद दिन चाहन्छु । साथै तपाईको मिडियामार्फत वन सबैको सम्पति हो वन जोगाएमात्र मानव जीवन रहन्छ । त्यसैले वनजंगलमा हुने चोरी तस्करी नियन्त्रणका लागि आवश्यक सहयोगकोलागि सबैलाई आग्रह गर्दछु । प्रस्तुति ः प्रेमप्रसाद भट्टराई (के.डी)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes