अवैध नेटर्वकीङ् विज्नेश गरी करोडौं ठगी गरी फरार - Pahilo Online

अवैध नेटर्वकीङ् विज्नेश गरी करोडौं ठगी गरी फरार

writer

पहिलो अनलाइन

पथरी । अवैध ‘इन्फिनिटी ग्लोबल ट्रेडर डटकम’ नामको अनलाईन नेटर्वकिङ् विज्नेशले नेपालमा करोडौं रकम ठगी गरेको पाइएको छ । ‘इन्फिनिटी ग्लोबल ट्रेडर डटकम’ नामको अनलाईन नेटर्वकिङ् विज्नेश संचालक सुरेश निरौला २ करोड ५० लाख रकम ठगी गरी सम्पर्क विहिन भएको हो ।

सुन्दरहरैचा नगरपलिका स्थित विराटचोकका सुरेश निरौला अहिले मोरङ पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा मात्र लगभग ४२ जना, उर्लाबारी र विराटचोक गरी जम्मा २ करोड ५० लाख रकम उठाएर फरार भएको पीडित जयप्रसाद निरौलाले बताए । पथरीशनिश्चर–४ मा मात्र ५२ लाख रकम उठाएको छन् । उनका अनुसार ‘इन्फिनिटी ग्लोबल ट्रेडर डटकम’ नामको अनलाईन नेटर्वकिङ् विज्नेश संचालक अर्का राकेश पन्त काठ्माडौ निवासी र सूर्य खरेल विराट चोक निवासी अहिले युएई(दुवई)मा रहेको छन् ।

सुरेश निरौलाको पुरानो घर कानेपोखरी गाउँपालिका वडा नं. ४ रहेको र हाल विराटचोक घर रहेको, नाताले आफ्नै काका पर्ने बताए । फरार सुरेश निरौला नेपालमै लुकीछिपी रहेको अर्का पीडित शिव निरौलाले जनाए । सुरेश निरौलाको फोन जहिले अफ हुन्छ, मेसेन्जरमा कुरा गर्दा भूटान छु भनेर जवाफ र्फकाउने गरेको अर्का पीडित करण गिरीले बताए । विराटचोकको घरमा पटक पटक जादा घरमा ताल्चा लगाएर सम्पर्कविहिन बनेको पीडितहरु बताउँछन् ।

उनिहरुले एकबर्ष अघिबाट दुवईको एक व्यक्तिसंग ‘इन्फिनिटी ग्लोबल ट्रेडर डटकम’ स्फर्टवर खरिद गरी काम सुरु गरेका थिए । नेटर्वकिङ् विज्नेश सुरु गरेपछि युएई(दुवई) र नेपाल आउने र जाने गथ्र्ये । नेपाल आउने अनि व्यापार बढाएर फेरी दुवई फर्कने गरेका थिए । उनिहरुले नेटर्वकिङ् विज्नेसको नियममा १ बर्षे अवधी राखेका हुन्छ, ५सय डलरदेखी ५० हजार डलर सम्म लगानी गर्न सकिने नियम रहेको छ ।

त्यहाँ डलरको मात्र कारोवार हुन्छ । १ बर्षे अवधीमा २५ सय डलर जम्मा गरेबापत जम्मा गर्नेले शनिबार र आइतबार बाहेक दैनिक २५ डलर आफ्नो विज्नेस एकाउण्टमा रकम आउने व्यवस्था मिलाएको हुन्छन् । तर त्यो आएको डलर भने निकाल्न मिल्दैन थियो । रकम बुझाएपछि सुरुमा उनिहरुले प्रत्येक व्यक्तिको इन्फिनिटी ग्लोबल ट्रेडर कम्पनीसँग रिलेटेट व्यक्तिगत एकाउण्ट खोलिदिन्छ । त्यस एकाउण्टको युजरनेम र पासवर्ड दिन्छ । त्यहाँबाट दैनिक कारोबार हुन्छ । कोही व्यक्तिलाई त्यो नेटर्वकिङ् विज्नेसमा समावेस गराए बापत कुल रकमको १० प्रतिशत रकम गराउने व्यक्तिको कम्पनीसँगको रिलेटेट व्यक्तिगत एकाउण्टमा जम्मा गरिदिन्छ ।

कोही व्यक्ति बनाए बापत १० प्रतिशत र बनेबापत एक बर्षमा दोब्बर रकम हुने लोभले बन्ने क्रम बढ्दै गएको थियो । कुनै व्यक्ति कम्पनीको सदस्य हुन रकम बुझाउदा कम्पनीसँग सम्पर्क नै हुने थिएन । रकम अरु व्यक्तिको वैंक एकाउण्ड प्रयोग गरी काठ्माडौं पठाईन्थ्यो । त्यस्ता विज्नेसमा ९५ लाख सम्म लगानी गरेको पीडितहरु बताउँछन् । गत असोजमा दिएको जयप्रसाद निरौला १ लाख २० हजार, रोषन निरौला ३ लाख, करण गिरी १ लाख २० हजार, चेतकुमारी निरौला १ लाख २०हजार, नारायण निरौला २ लाख ४०हजार, शिव निरौला ३ लाख ६० हजार, देवी निरौला बजगाई ६० हजार, रोषन गिरी उर्लाबारी ६० हजार लगाएतले सदस्य बनी रकम बुझाएका छन् ।

सुरेश निरौलाले सुरुमा अरुलाई प्रभाव पार्न आफ्नो बुबा कुल प्रसाद निरौलाको १लाख २० हजार लगाई दिन्छ । दैनिक रकम आएको ल्याउँदै दिन्छ र विश्वास भएपछि घरपरिवारको गहना बेचविखन गरेर ९ लाख पनि लगानी गर्छ । लगानी गरेको पैसा आउँथ्यो त्यस्तो कारोवार देखेर हामी निरौला परिवारले पनि विश्वास गरेपछि त्यो कम्पनीको सदस्य बनायो अहिले पैसा लिएर सम्पर्क विहिन छ । त्यो सुरेश निरौलालाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्दै सवैको रकम फिर्ता गर्न माग गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes