महिलालाई आत्मनिर्भर बनाउन पथरीशनिश्चरेको एडभान्स ब्युटी पार्लर तालिम - Pahilo Online

महिलालाई आत्मनिर्भर बनाउन पथरीशनिश्चरेको एडभान्स ब्युटी पार्लर तालिम

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले महिलालाई सीपयुक्त बनाई स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको ३५ दिने एडभान्स ब्युटी पार्लर तालिम सम्पन्न गरेको छ।

नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको तालिम वडा नं. ४ मा यसअघि बेसिक ब्युटी पार्लर तालिम पूरा गरेका महिला उद्यमीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो।

तालिम समापन कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले तालिमबाट हासिल गरेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो। वडा सदस्य तथा कार्यपालिका सदस्य कल्पना श्रेष्ठले पनि सीपलाई आयआर्जनसँग जोड्दै सफल उद्यमी बन्न शुभकामना व्यक्त गर्नुभयो।

लघु उद्यम सहजकर्ता भगवती कटुवालका अनुसार तालिमको उद्देश्य सहभागी महिलाहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै उनीहरूलाई स्वरोजगार र उद्यमशीलतातर्फ उन्मुख गराउनु हो। तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई समापन समारोहमा प्रमाणपत्रसमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

तालिममा प्रशिक्षक रेखा बस्नेतले एडभान्स ब्युटी पार्लरसँग सम्बन्धित सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो। नगरपालिकाले यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरण तथा स्थानीय स्तरमा रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles