पथरीशनिश्चरे नगरको बजेट ९१ करोड ३९ लाख - Pahilo Online

पथरीशनिश्चरे नगरको बजेट ९१ करोड ३९ लाख

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९१ करोड ३९ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार बसेको नगरको १९ औं नगरसभाले सो आकारको अनुमानित बजेट सार्वजनिक गरेको आज (बिहिवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
नगरपालिकाको आ.व २०८३/२०८४ को वार्षिक नीति तथा कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता नविनजंग कार्किले उक्त जानकारी दिनु भएको हो ।
नगरसभाले नगर शिक्षा ऐनलाई समेत संशोधन गर्दै नगरभित्र एउटै विद्यालयमा ५ बर्ष पूरा गरेका शिक्षकहरुलाई एक मुस्ट सरुवा गर्ने प्रस्ताव समेत पारित गरेको प्रवक्ता कार्कीले जानकारी दिनु भयो ।
यसैगरी पथरी फुटबल गोल्डकपलाई १० लाख, समग्र खेलकुद क्षेत्रको लागि ३५ लाख बजेट बिनियोजन गरिएको प्रवक्ता कार्कीले बताउनु भयो ।
पत्रकार सम्मेलनमा वडा नं १ का अध्यक्ष भिम कुमार राई , वडा नं ७ का अध्यक्ष उद्दब बस्नेत , वडा नं १० का अध्यक्ष जीवन खतिवडा , नगरका सुचना सम्पादक सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles