उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी सम्मानित - Pahilo Online

उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी सम्मानित

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालयहरूमा कार्यरत उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा प्रारम्भिक बाल विकास सहजकर्तालाई सम्मान गरिएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापकतर्फ आदर्श सिता आधारभूत विद्यालयकी प्रधानाध्यापक रिता कुमारी धिमाल, उत्कृष्ट आधारभूत तह शिक्षकतर्फ सोही विद्यालयकी शिक्षिका राजमाया राई, उत्कृष्ट माध्यमिक तह शिक्षकतर्फ भागीरथ माध्यमिक विद्यालयका शैलेन्द्र बस्नेत तथा उत्कृष्ट प्रारम्भिक बाल विकास सहजकर्तातर्फ हिरक आधारभूत विद्यालयकी मायादेवी दाहाल सम्मानित हुनुभएको हो ।

सम्मानित चारै जनालाई जनही नगद १३ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलालले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल शिक्षक महासंघ पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष अर्जुनकुमार बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मानितहरूको तर्फबाट रिता कुमारी धिमाल र शैलेन्द्र बस्नेतले सम्मानले थप जिम्मेवारीका साथ शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले शिक्षक सम्मानको परम्पराले शिक्षण पेशाप्रति थप उत्साह र जिम्मेवारी बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरू आफ्नो पेशागत दायित्वप्रति समर्पित भई गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर लागिरहने अपेक्षा गर्दै आगामी वर्षहरूमा सम्मान कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा नगरको शिक्षा शाखा सदस्य एवं वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, विद्यालयका प्रधानाध्यापक र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles