विद्यालयमा धान दिवस कार्यक्रम सम्पन्न - Pahilo Online

विद्यालयमा धान दिवस कार्यक्रम सम्पन्न

writer

पहिलो अनलाइन

भूमिप्रसाद पाठक

पथरी । मोरङ कृषि उर्वरकताले आकर्षक जिल्ला हो । यसमा पनि पथरी शनिश्चरे नगरपालिका जिल्लाकै अग्रस्थानमा पर्दछ । यहाँका विभिन्न जाति, धर्म र समुदायले यसलाई गर्वबोधका साथ ग्रहण गर्ने गर्दछन् ।

नगरको वडा नं. १० स्थित बालनमुना विद्या मन्दिरले आज असार १५ गते धान दिवसको अवसरमा शिक्षक, अभिभावक र विद्यार्थीबीचको बृहत्तर सहभागितामा धान रोपेर मानो खाएर मुरी उब्जाउने परम्परागत कार्यलाई निरन्तरता दिएको छ ।

विद्यालयको आफ्नो अधीनमा रहेको १ हेक्टर बराबर क्षेत्रफलमा रहेको जमिनमा कक्षा ७, ८, ९ र १० का नियमित अध्ययनरत विद्यार्थीको संलग्नता धान रोपाइँ सम्पन्न भएको विद्यालयका निर्देशक वीरबहादुर घिमिरेले बताउनुभयो । निर्देशक घिमिरेका अनुसार असार १५ को यो उत्सवलाई सांस्कृतिक पर्वको रूपमा मनाइनुका साथै सहभागी सबैलाई दही र चिउरा खुवाइएको थियो ।

नियमित पठनपाठनका अतिरिक्त सामाजिक–सांस्कृतिक महत्त्वका यस्ता कार्यक्रमहरू समेत आयोजना गर्ने गरिएको विद्यालयका प्रिन्सिपल चेतन अधिकारीले जनाउनुभयो । समयसमयमा यस्तो कार्यक्रम आयोजना गरियो भने यसले विद्यार्थी, अभिभावक र शिक्षकबीच सम्बन्धमा प्रगाढता आउने र कृषिमैत्री वातावरण निर्माण हुने विषयमा सहयोग पुग्ने प्रिन्सिपल अधिकारीले थप्नुभयो ।

मा प्रकाशित

1 thought on “विद्यालयमा धान दिवस कार्यक्रम सम्पन्न

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes