बक्राहा खोला कटानको आतंक फेरि ब्युतियो - Pahilo Online

बक्राहा खोला कटानको आतंक फेरि ब्युतियो

writer

भूमिप्रसाद पाठक

भूमिप्रसाद पाठक

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ५, साविकको हसन्दह गाविसको पूर्वपट्टिको भूभाग नजिकै स्थायी बहावमा रहने बक्राहा खोला कटानको आतंकबाट कहिल्यै मुक्त हुन सकेको छैन ।

असार १५ गते धान दिवसको खुशयाली सर्वत्र मनाइरहँदा स्थानीय समुदाय भने नजिकै रहेको खोलाले बढार्ने अनुमान पालेर आतंकित छ । आकाशमा कालो बादल मडारिँदा हसन्दहबासी त्रसित हुनुपरेको यो पहिलो वर्ष मात्र होइन । ४ वर्षअघि खोला कटानसँगै पानीको बहाव बस्तीमा पसेपछि अधिकांश मानिसको उठिबास लागेको थियो ।

यसबीचमा बस्ती विकास र व्यवस्थापन बढेको थियो । माछा पालनलगायतका कृषि कार्यक्रमहरूको आकर्षक थलो बन्दै आएको यो भूभागमा यसपटक फेरि खोला पस्ने भयो– वडा सदस्य विनय तिम्सिना भन्छन् । सुन्दरीचौक दक्षिण र पौडेलचौक पूर्वको यो भूभाग यतिबेला जलमग्न छ । बक्राहा बहुलाएको तालमा बगिरहेको छ, पानीले कहिले वोल्लो छेउँ कटान गर्ने त कहिले पल्लो छेउँ कटान गर्ने काम गर्दै आएको छ । पानीको सतह बढ्दै गएपछि स्थानीयहरू गुहार माग्न आतुर भएका छन् ।

सातायता यो समस्या देखिए पनि साधनस्रोत अभावमा खासै केही गर्नसकिएको छैन वडाध्यक्ष चेतन खड्का बताउछन् । वडा जनप्रतिनिधिको अपीलमा खोलाको पानीले नजिकैका अग्लाअग्ला डिलहरू समेत उछिनेर खेतका बगाउन लागेपछि तत्काल बचावका उपायबारे अध्ययन गर्न आज बिहान नगरपालिका प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, वडाध्यक्षहरू, प्रमुख प्रशासकिय अधिकारी लक्ष्मीप्रसाद खरेल, डीएसपी वेदप्रसाद गौतम नेतृत्वको इलाका प्रहरी कार्यालय पथरी, जिल्ला प्रशासन अधिकारी, शसस्त्र आर्मीको भैरव गणको विपद् व्यवस्थापनको टोली, एमाले प्रदेश कमिटी सदस्य पर्शुराम मिश्र, नगर उपसचिव एलबी भण्डारीलगायतको स्थानीय राजनीतिकर्मी र सरोकारवाला त्यहाँ पुगेका छन् ।

कटान क्षेत्रलाई रोक्न तत्काल बासको टाटी बुनेर डिलडिलमा राखिने र पानीको प्रभाव मत्थर हुँदै गएपछि दीर्घकालीन ढंगले नदी नियन्त्रणबारे सोचिने योजना रहेको प्राविधिक दीपक आचार्यले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes