एमाले परित्याग गरी पथरीमा माओवादीमा प्रवेश गर्नेको लर्को - Pahilo Online

एमाले परित्याग गरी पथरीमा माओवादीमा प्रवेश गर्नेको लर्को

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरेमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेको छ । नेकपा एमाले लगायतका राजनीतिक दलहरु परित्याग गर्दै शनिबार मात्र तीन दर्जनभन्दा बढीको संख्यामा प्रवेश गरेका हुन् ।

शनिबार नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगरपालिका कमिटीले आयोजना गरेको राजनैतिक तथा बैचाररिक प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन दर्जनबढी प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा नेकपा एमाले सहित नेपाली कांग्रेस र विभिन्न पार्टीका वडा पार्टी सदस्य, नगरपार्टी सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र पथरीशनिश्चरेका अध्यक्ष चेतन दाहालले बताए ।

पथरीशनिश्चरेमा माओवादी केन्द्रमा जनलहर लोभलाग्दो छ,’ उनले भने, ‘अन्य पार्टी परित्याग गरी अझै ठूलो संख्यामा माओवादी प्रवेश गर्न तयार रहेको संख्या ठूलो रहेको छ ।’ नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नेता देब गुरुङ, नेताहरु सावित्रीकुमार काफ्ले, गोपी अछामी, गिता तिम्सिना, लालबहादुर सुस्लिङलगायतले खादा, टिका लगाउँदै प्रवेश गराएका थिए ।

माओवादी प्रवेश गर्नेहरुमा संघिय लिम्बुवान राज्य परिषद नगर उपाध्यक्ष लक्ष्मि लम्बू (मुसाहाङ), जनता समाजवादी पार्टी नगर सदस्य कर्मा तामाङ, नरेन्द्र सांवा रहेका छन् । जसपाकै अञ्जु पाख्रिन तामाङ र रमेश गुरुङ पनि माओवादी प्रवेश गरेका छन् ।

यसैगरी, एमाले परित्याग गरी माओवादी केन्द्रमा समाहित हुनेहरुमा वडा पार्टी सदस्यहरु बसन्त माझी, मनिका सुबेदी, संगीता राई छन् । एमाले पार्टीका संगठीत सदस्यहरुमा दिलबहादुर तामाङ, टंकबहादुर मगर, चन्द्रकला बानिया, मनिता लिम्बू, दिलबहादुर धिमाल, चन्द्रकला मगर रहेका छन् । यस्तै नेपाली कांग्रेस परित्याग गरी पदमबहादु तामाङ, दानबहादुर तामाङ समेत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेता गुरुङले देशैभरी माओवादी केन्द्रमा जनलहर बढ्दै गएको बताए । यसैगरी माओवादी प्रदेश नं. १ का सह ईञ्चार्ज सावित्रीकुमार काफ्लेले देशलाई संघीय गणतन्त्र नेपालमा बल्दने पार्टी माओवादी केन्द्र भएकाले अन्य पार्टीबाट परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्न आव्हान गरेका थिए ।

पथरीशनिश्चरे माओवादी केन्द्रका सचिव मोहन लिम्बूले सञ्चालन गरेको उक्त कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । सचिव लिम्बुका अनुसार उक्त प्रशिक्षण कार्यक्रमपछि पथरीशनिश्चरेमा संगठन सुदृढीकरण अभियान चलाउने र माओवादीका विभिन्न कार्यक्रमलाई जनसामु लैजाने र पार्टीलाई थप मजबुद बनाउँदै लैजाने अठोट लिएर कार्यकर्ताहरु गाउं फर्किएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes