पुर्वाञ्चल विश्वविद्यालय पब्लिक हेल्थका विद्यार्थीहरुले यसरी मनाए विश्व स्वास्थ्य दिवस - Pahilo Online

पुर्वाञ्चल विश्वविद्यालय पब्लिक हेल्थका विद्यार्थीहरुले यसरी मनाए विश्व स्वास्थ्य दिवस

writer

पहिलो अनलाइन

विपुल सुवेदी
सुन्दरहरैँचा । हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्ल्युएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवस समेत हो । दिवसको अवसर पारी देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु भएका छन् ।

सोही अवसरमा मोरङको सुन्दरहरैँचा ७ गोठगाउँमा केन्द्रिय कार्यालय रहेको पुर्र्वाञ्चल विश्वविद्यालयमा अध्ययनरत पब्लिक हेल्थ फोरमका विद्यार्थी तथा शिक्षकहरुले विविध कार्यक्रमको आयोजना गरी विश्व स्वास्थ्य दिवस मनाएका छन् ।
“हाम्रो ग्रह हाम्रो स्वास्थ्य” भन्ने मूल नाराका साथ उनिहरुले विहान विश्वविद्यालय परिसर भित्र सरसफाई, बक्तित्वकला प्रतियागिता, पुरस्कार वितरण जस्ता कार्यक्रम आयोजना गरि दिवस मनाएका हुन् ।

दिवसकै सन्दर्भमा साँझ ७ बजे दिप प्रज्वलन गरि दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै पब्लिक हेल्थकी विद्यार्थी मल्लिका श्रेष्ठले आफ्नो व्यक्तिगत स्वास्थ्य मात्र नभइ वातावरणीय स्वास्थ्यमा ध्यान दिन सकियो भने मात्र आम नागरिक स्वस्थ हुने हुँदा त्यस तर्फ सबैको ध्यान जानुपर्ने बताइन् साथै उनले समुदायका नागरिकलाई समेत शुुसुचित गर्न र जनचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

समुदायमा केही जनचेतना फैलियोस र केही सिकाई होस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पब्लिक हेल्थ डिपार्टमेन्ट प्रमुख बाबुराम पोख्रेलले बताउनुभयो, साथै विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमप्रति खुशी समेत व्यक्त गर्नुभयो ।
विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न डब्लु एच ओ संस्थाको स्थापना भएको हो ।


सन् १९४८ मा डब्लूएचओ ले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउँने निर्णय गरेको थियो । पहिलो विश्व स्वास्थ्य दिवस अप्रिल ७, १९५० मा मनाइयो र त्यस यता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नियन्त्रण गर्न सकिने वातावरणीय कारणले प्रत्येक वर्ष विश्वभर १३ लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको बताएको छ । विश्वमा १० मध्ये ९ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलव ६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । हरेक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखालाबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes