पथरीशनिश्चरेमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा न्यु स्टारले ३ अंक जोड्यो - Pahilo Online

पथरीशनिश्चरेमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा न्यु स्टारले ३ अंक जोड्यो

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ बुधबार भएको खेलमा न्यु स्टारले तीन अक जोड्न सफल भएको छ ।

दोश्रो चरणको तेस्रो खेलमा न्यु स्टारका जुनियर साँवाले निर्धारित समयमा एकल ४ गोल लगाएका थिए । त्यसैगरी न्यु स्टारकै अमर याक्खाले १ गोल लगाउँदा देवीगन्ज एफीलाई शुन्यको विरुद्ध ५ गोलको अन्तरले परिजित गरेको हो ।

पहिलो हाफको खेलको ४ र १० औं मिनेटमा न्यू स्टारका जर्सी नम्बर ७ का जुनियर सावाँले २ गोल गलाएका थिए । न्यू स्टारकै अमर याक्खाले खेलको २४ औं मिनेटमा १ गोल थपेका थिए । त्यसैगरी जर्सी नम्बर ७ कै जुनियर सावाँले खेलको ८० औं मिनेटमा पेनाल्टी मार्फत १ गोल र खेलको अतिरिक्त समयमा १ गोल थप्दै खेललाई ५–० बनाएका थिए ।

खेल अवधीमा देवी गन्ज एफसीले केही निकै राम्रा अवसरहरू पाए पनि गोलले जाली भने चुमाउन सकेन । खेलको म्यान अफ द म्याच न्यु स्टारका जुनियर सावाँ घोषित भए । यस अघिको खेलमा सिरिजंगाले शून्यको बिरुद्ध ३ गोलको अन्तरले देवीगन्ज एफसीलाई पराजित गरेको थियो । त्यसैगरी पहिलो खेलमा द रियल ब्रदर्सले न्यू स्टारलाई शून्यको बिरुद्ध ३ गोलको अन्तरले पराजित गरेका थिए ।

भोलि विहिवारको खेल सिरिजगा एफसी र द रियल ब्रदर्स बिछ खेल हुने आयोजक समितिका संयोजक सन्जीब गिरीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes