किरात लिपि, भाषा सिकाउन पथरीशनिश्चरेमा वेदशाला स्थापना - Pahilo Online

किरात लिपि, भाषा सिकाउन पथरीशनिश्चरेमा वेदशाला स्थापना

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे–१० ९शिविर डाँडा०मा किरात लिपि र भाषा सिकाउने उदेश्यले सोमबार किरात वेदशाला स्थापना भएको छ ।
धार्मिक संस्था किरात युमा माङहिम समिति पथरीशनिश्चरेको संयोजनमा बालबालिकाहरुलाई किरात सिरिजंगा लिपि र भाषा सिकाउने उदेश्यले वेदशाला स्थापना गरिएको माङहिम समितिका सचिव देउमान साउदेन लिम्बूले बताए । किरात लिपि र भाषाको बिकासको लागि दैनिक २ घण्टा पठनपाठन गराइने लिम्बूले बताए ।

किरात वेदशालाको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको हातबाट उद्घाटन भएको हो । वेदशाला बढ्न आउने बालबालिकाहरुलाई लिम्बू भाषाको वर्णमाला, कापी र कलम वितरण गरिएको छ । दैनिक १५ भन्दा बढी बालबालिकालाई लिपि, भाषा सिकाइने भएको छ ।

शिविर डाँडामा किरात धर्मीहरुले उभौलीको अवसरमा नालादुङ सेवा ९पञ्च यज्ञ०को समेत आयोजना गरेका थिए । सोही अवसरमा किरात वेदशालाको स्थापना गरेको हो । नगर प्रमुख दिलिपकुमार राईले वेदशाला तथा नालादुङ सेवा ९पञ्च यज्ञ०लाई शुभकामना दिदै लिपि, भाषाको पठनपाठनलाई सहयोग गर्ने नीति अनुसार नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नगरप्रमुख राईले अदालतमा मुद्धा परेको कारण शिविरको खाली जग्गामा नगरपालिका भवन र आदिबासी जनजाति संग्राहलय बनाउन नमिलेको बताए । पछिल्लो समयमा नेपाल प्रहरीको विपद ब्यबस्थापन गुल्म ल्याउन नगरपालिकाले सहमति दिएको राईले बताए । १ नम्बर प्रदेश हेर्नेगरी तत्काल गुल्म राख्न, गुल्ममा पेट्रोल पम्प र प्रहरी अस्पताल निर्माण हुनेगरी नगरपालिकाले सहमति दिएको नगप्रमुख राईले बताए । प्रहरी अस्पताल र पेट्रोल पम्प यो क्षेत्रकै लागि हुनेगरी सहमति दिएको राईको भनाइ थियो । त्यसको लागि करिव ८ विगाहा जति जग्गा आवश्यकहुने बताइएको छ ।

कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, जिल्ला अध्यक्ष नरहाङ राई, नेपाल आदिबासी जनजाति समन्वय समिति अध्यक्ष चन्द्र तामाङ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा मानव धर्म सेवा समितिको १० नम्बर वडा अध्यक्ष डर्न गेलाल, जेष्ठ नागरिक समाजको नगर सदस्य लक्ष्मी पौडेल, ओम सिआर बज्र गुम्बा समितिको अध्यक्ष भुवन तामाङ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज मोरङ जिल्ला अध्यक्ष दिनेस सुब्बा, स्थानीय ज्ञानेन्द्र राई, नवीन दिलपाली लगायतको उपस्थिति रहेको थियो ।

किरात युमा माङहिम समितिको अध्यक्ष सम्सेर राईको सभापतित्वमा भएको कार्यक्रममा पुजारीहरु धनबहादुर थेगिम, भगिमान तुम्बाहाङ्फे, टेकबहादुर लिम्बू, खड्गबहादुर राई, लालचन्द्र खालिङले नालादुङ सेवा ९पञ्च यञ० गरेका थिए । किरात युमा माङहिम समितिको दक्षिणमा भएको कार्यक्रममा विद्यार्थी र किरात धर्ममा आस्था राख्ने करिव सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रम सुरुहुनु अघि किरात धर्मगुरु फाल्गुनन्द लिङदेनको तस्वीरमा थुपबक्ति बालिएको थियो । पथरीशनिश्चरे नगरमा संघीय सरकारको नीति अनुसार दुई वटा विद्यालयमा लिम्बू, एउटामा राई चाम्लिङ र संस्कृत भाषाको पठनपाठनहुँदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes