चारकोसे जंगलमा १२ दिनपछि भेटियो बाबुराम भट्टराईको शव - Pahilo Online

चारकोसे जंगलमा १२ दिनपछि भेटियो बाबुराम भट्टराईको शव

writer

पहिलो अनलाइन

गणेश पोखरेल
केराबारी । गत पौष २७ गतेदेखि हराईरहेका केराबारी ८ का २६ वर्षिय बाबुराम भट्टराईको शव आइतबार चारकोशे जंगलमा फेला परेको छ ।

खोर्साने केराबारी सडकको आमजुंगी विश्वकर्मा मन्दिर देखि झण्डै २ किलिमिटर पुर्व देविझोडा जाने भित्रि सडक देखि १ किलोमिटर उत्तर चारकोसे जंगलभित्र ढलेको रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव सडेको अवस्थामा फेला परेको हो ।

गाइवस्तु चराउँन गएका केराबारी ८ का रामवहादुर खत्री र मनोरथ कोइरालाले दुर्घन्ध आएपछि हेर्न जाँदा कुहिएको अवस्थामा रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको इप्रका बेलबारीका प्रहरी निरिक्षक सरोज खनालले बताउँनुभयो ।

उनको घरदेखि झण्डै ६ किलोमिटर दक्षिण एकता सामुदायिक वन र हजारविघा सामुदायिक वन समुहको सीमाक्षेत्र नजिकै वनभित्र शव लगेर लुकाइएर पालिएको अवस्थामा फेला परेको र घट्ना को विषयमा थप अनुसन्धान अघि वढाउने गरी आवश्यक सर्जिवन गरी पोष्टमार्टमका लागि पठाइएको छ इप्रका बेलबारीका प्रहरी निरिक्षक खनालले वताउनुभयो ।

केराबारी भोगटेनी रामपुर चल्ने सार्वजनिक बसमा खलासी काम गर्दै आएका मृतक भट्टराई मच्छिन्द्र मेला लागिरहेको समयमा पौष २८ गते बेलुका देखि एकाएक सम्पर्कमा नरहेको मृतकका दाजु भुपेन्द्र भट्टराइले बताउनुभयो । उनको खोजी तलासका लागि आफन्तले तत्काल प्रहरीमा उजुरी दिएका थिए ।

पौष २३ देखि २९ सम्म लागेको मच्छिन्द्र मेलामा २८ गते मंगलबार दिउसो सम्म कपितयले भेटेको बताएका छन् । यदपी केहीले मेलाको समयमा केही व्यक्तिहरुसंग झगडा भएको र केही व्यक्तिहरुले घिसार्दै उनलाई जंगलतिर लगेको समेत बताइएको छ । यदपी ती घट्नामा सलग्न व्यक्तिहरु को को हुन् रु क कसको झगडा भएको बारेमा भने पहिचान हुन सकेको छैन ।

प्रहरीमा उजुरी दिँदा र अनुसन्धानका लागि आवश्यक तथ्यहरु दिदासमेत प्रहरीले खोजतलासमा चासो नदिएको भन्दै केही बेर मृतकका बैनी र दाजुहरुले शव उठाउन अवरोध गरेका थिए । त्यसपछि प्रहरीले घट्नालाई सत्य तथ्य रुपमा छानवीन गरी अनुसन्धान अघि वढाउँने बताएपछि मृतकका आफन्त जनप्रतिनीधिको रोहबरमा शव उठाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes