समाज रुपन्तरण टीभीद्वारा चार जना सञ्चारकर्मीलाई सम्मान - Pahilo Online

समाज रुपन्तरण टीभीद्वारा चार जना सञ्चारकर्मीलाई सम्मान

writer

पहिलो अनलाइन

मोरङ । पूर्बेली लोक दोहोरीको माध्यमबाट कृषि र पर्यटनको विकासमा सहयोग गर्ने उदेश्यले बिभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम गर्दै आएको समाज रुपान्तरण मिडिया हाउसले चार जना पत्रकारलाई सम्मान गरेको छ ।

समाज रुपान्तरण मिडिया हाउसले सुक्रबार मोरङको विराटनगर स्थित रेड पाण्डा होटलमा लोक दोहोरी कार्यक्रमको आयोजना गरेको थियो । लाइभ बाद्य बादनको साथ भएको कार्यक्रममा कलाकार बर्षा राई, ममता भट्टराई, झुमा क्षेत्री, रमेश आचार्य, टंक घिसिङ, हेमराज लामिछानेले दोहोरी गाएका थिए ।

हार्मोनियममा जेबी रसाइली, मुरीमा मनोज भट्टराई, जोर मादलमा सुबास रसाइली र अक्टोप्याडमा दिनेश राजवंशीले साथ दिएका थिए । प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री बिष्णु तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश पर्यटन बोर्डका संयोजक भविसकुमार श्रेष्ठ, समाजसेबी होम थापा, जयधर्म आचार्य लगायतको उपस्थिति रहेको थियो ।

रेड पाण्डा सञ्चालक फिडिन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रम नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका सभापति संजिव खनाल, पत्रकार वीरेन्द्रकुमार साहा र प्रेम देवानलाई सम्मानपत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रममा विराट जागृति कला केन्द्रको आठ जना कालकारहरुलाई नगदसहित कदर पत्र प्रदान गरिएको समाज रुपानतरण टीभी सञ्चालक अभिशेक वान्तावा राईले बताए ।

ऋभिशेक वान्तावा लगायतको टिमले पूर्बेली लोक दाहोरीको बिकासको साथै गीतको माध्यमबाट कृषि र पर्यटनलाई सघाउ पु¥याउने उदेश्यले पूर्बी नेपालको बिभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes