एमालेलाई झड्काः पूर्व केन्द्रिय सदस्य धर्मराज निरौला सहित ३ सय ५७ जना नेकपा एसमा प्रवेश - Pahilo Online

एमालेलाई झड्काः पूर्व केन्द्रिय सदस्य धर्मराज निरौला सहित ३ सय ५७ जना नेकपा एसमा प्रवेश

writer

पहिलो अनलाइन

इटहरीः नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य धर्मराज निरौला सहित ३ सय ५७ जनाको जम्बो टोली नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा औपचारिक रुपमा प्रवेश गरेको छ ।

पार्टी केन्द्रिय सदस्य निरौलाको नेतृत्वमा ६७ जना एमालेका संगठित सदस्य, प्रदेश कमिटि सदस्य र जिल्ला समिति र गाउँपालिका स्तरिय सदस्यहरु सहित नेतृत्व तहमा पुगेका एमाले नेता कार्यकर्ता माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एसमा प्रवेश गरेका हुन् । निरौंलालाई नेकपा एसले पोलिटव्यूरो सदस्यको जिम्मेवारी समेत दिइएको छ ।
निरौला सहितका नव प्रवेशी नेता तथा कार्यकर्तालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आइतबार सुनसरीको इटहरीमा आयोजना भएको समाजवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूको प्रदेश एक स्तरिय अधिवेशनमा खादा र अविर लगाई भब्य स्वागत गरेका छन् ।
नेकपा एसमा प्रवेश गर्ने एमालेका पुर्व मुख्य मन्त्री भीम आचार्यका विश्वास पात्र मानिएका चिरन्जिवि भटराई सहितको टोलि छ । उनि तत्कालिन नेकपाको इटहरी स्थित प्रदेश कार्यालयका कार्यलय सचिव समेत थिए । उनि भीम आर्चायकै कारण प्रदेशको सह इन्र्चाज पनि भएका थिए । आइतबार पार्टी प्रवेश गर्ने टोलीमा धेरै जसो नेकपा एमालेका प्रदेश स्तरिय नेता तथा कार्यकर्ताहरु छन् ।
कार्यक्रममा सम्बोधन गर्दै नेता धर्मराज निरौलाले माधवकुमार लगायतका नेता पार्टीबाट बाहिरिँदा पनि एमाले अध्यक्ष ओलीलाई केहि परिवर्तन गर्न सकिन्छ कि भनेर अन्तरपार्टी संघर्षमा लागेको र त्यो असम्भव भएपछि पार्टी परित्याग गर्नुको बिकल्प नरहेको स्पष्ट पारेका छन् ।
निरौलाले ओली नेतृत्वको एमाले अव भौतिकवादी नरहेको र व्यावहारिक रुपमाले समेत कम्युनिष्ट नरहेकोले आफुहरु कम्युनिष्ट पार्टी नेकपा एसमा समाहित हुन आईपुगेको बताए ।
कार्यक्रममा बोल्दै निरौलाले सुनसरीमा नेकपा एमालेको अधिवेशन पछि थुप्रै नेता तथा कार्यकर्ताहरु नेकपा एसमा आउने दावी गरेका छन् । केहि साथिहरु जिल्ला अधिवेशन कुरिरहनु भएको छ र केहि साथिहरु प्रदेश अधिवेसन सम्म पनि प्राविधिक कारण बस्नुहुन्छ र हामीसँगै समाहित हुन आईपुग्नुहुन्छ । निरौलाको भनाई थियो ।


गत बर्षको पुष ५ गते प्रतिनिधि सभाको विघटन गर्दै ओलीले चालेको कदमबाटै आफुहरु पार्टीमा रुष्ट बनेको नेता निरौलाको भनाई थियो । “अलोकतान्त्रिक घटनाहरूमाथि छलफल गर्नुको बदला पार्टी नीति, विधि तथा पद्धति उलङ्घन गर्दै साङ्गठनिक, सैद्धान्तिक, वैचारिक, सामाजिक तथा सांस्कृतिक विचलनसहित दक्षिणपन्थी विसर्जनवादतर्फ पूर्ण रूपमा अग्रसर हुनपुग्यो ।अब पुनः सही कम्युनिष्ट पार्टीकै रूपमा नेकपा ९एमाले० लाई अग्रसर गराउन असम्भव भएको महसुस गरी हामीले यो पार्टी परित्याग गर्ने घोषणा गरेका छौँ । ”निरौलाको नेतृत्वमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

निरौला संगै एमाले परित्याग गरि नेकपा एसमा समाहित हुनेमा प्रदेश कमिटिका सदस्यहरु शम्भुप्रसाद आचार्य, श्याम नारायण राजधामी, सरोज बराल, किरण कार्की, गयाराम राजधामी , हिरालाल मेहता समेत छन् । यसैगरी नेपाली काँग्रस र माओवादी केन्द्रका कार्यकर्ताहरु पनि नेकपा एसमा प्रवेश गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes