नमुना चर्चका जवानहरुको मिसन टिमद्वारा न्यानो कपडा र खाद्यन्न वितरण - Pahilo Online

नमुना चर्चका जवानहरुको मिसन टिमद्वारा न्यानो कपडा र खाद्यन्न वितरण

writer

पहिलो अनलाइन

सन्तोस राई
पथरी । पथरीशनिश्चरे नगरपालिका १ पथरी बजारको सुनाखरी चौकमा रहेको नमुना चर्चका जवानहरुको सामाजिक काम गर्ने समुह मिसन टिमले न्यानो कपडा र खाद्यन्न वितरण गरेको छ । जाडोको समयमा निम्न आयस्तर भएका परिवारलाई समस्या हुनेभएकोले थोरै भएपनि सहायता पुर्याउने उद्देश्यका साथ वितरण गरेको हो । विगतका ४–५ वर्षहरुबाट गर्दै आएको कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । आइतबार टिमका जवानहरुले विभिन्न बस्ती र घरनाहरुमा पुगी वितरण गरेका हुन् ।


यस वर्ष विगतका वर्षहरुमा नसमेटिएका बस्ती, घरना र व्यक्तिहरुलाई समेटि वितरण गरिएको हो । पथरीशनिश्चरे वडा नं ५ को मुसहर बस्तीका ३८ जना बालबालिका, युवा र वृद्धवृद्धाहरुलाई न्यानो कपडा ९ज्याकेट, हुडी, ट्राउजर र सुरुवाल० वितरण गरीएको हो । त्यसैगरी पथरीशनिश्चरे १ को सुन्दर बस्तीका १० जनालाई न्यानो कपडा, एक परिवारलाई एउटा ब्ल्याङ्केट र ५ परिवारलाई २५ के।जी का दरले चामल, जोरधाराका २ परिवारलाई २५ के।जी का दरले चामल र ती परिवारका ४ जनालाई न्यानो कपडा, सम्झना बस्तीमा २ परिवारलाई २ वटा ब्ल्याङ्केट, एउटा डस्ना र १ जनालाई न्यानो कपडा वितरण गरेको हो । त्यसैगरी पानीट्याङ्की छेउको १ वृद्ध बुबालाई न्यानो कपडा र उनको परिवारलाई २५ के।जी चामल, पश्चिम बस स्टेण्ड छेउको १ परिवारलाई २५ के।जी चामल र परिवारका २ जनालाई न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडा र खाद्यन्न पाएपछि ती परिवार र व्यक्तिहरुले खुशी हुदै सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए ।

टिमका जवानहरुले आर्थिक संकलनका लागि आफूले सकेको रकम खुत्रुकेमा जम्मा गरेका थिए । त्यसैगरी चर्चका सदस्यहरुले स्वइच्छाले प्रदान गरेको रकम, नेपाल तथा देश बाहिर भएका नेपाली ईसाइ दाजुभाइ दिदीबहिनी र सहयोगी मनहरुबाट संकलन गरेका थिए । यसरी वितरण गर्दा विगत वर्षहरुमा मनगणन्ते होहल्ला विदेशी संस्थाहरुबाट र विदेशी व्यक्तिहरुबाट आएको रकमबाट वितरण भएको भन्ने होहल्ला सुनिदा दुःख लागेको टिमका एक लिडरले बताएका थिए । तर सबै रकम संकलन टिमकै सक्रियतामा भएको पनि जानकारी गराएका थिए । टिमले आर्थिक सहयोगी दाताहरु र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण लाई धन्यवाद दिदै आउदो दिनहरुमा टिमले यस्तै सामाजिक कामहरुलाई अझ विस्तार गर्दै निरन्तरता दिने पनि प्रतिबद्धता जनाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes