साइंली हामी छुटौं अब - Pahilo Online

साइंली हामी छुटौं अब

writer

शशिकिरण

शशिकिरण
शशिकिरण

साइंली हामी छटौं अब
बाचा कसम तोडौं अब
नाता साइनो छोडौं अब ।

युग फेरियो समय बदलियो
सबथोक फेरी उस्तै भयो ।
तिमी तल्लो जातकी, म माथिल्लो जातको
चिनारी फेरी आफ्नै भयो ।
रगत बग्यो, पसिना बग्यो
बिभत्स भइ उमेर भत्कियो ।
पहिचान फेरी रित्तै बस्यो
भो साइली, हामी छुटौं अब
नाता साइनो छोडौं अब ।

ती दिन थिए
तिमीले र मैले बन्दुक साट्दा
साथी–भाइको ताली बजेको ।
आफन्तजनको गाली बर्सेको
भाग्दै फिर्दै कुना कन्दरा,
कुरीतिलाई ध्वस्त पारेको

अब त साइली
साथीभाइ छुट्टी गए, आफन्तजन बांकी रहे ।
ताली सब हराइ गए, गाली मात्र बांकी रहे ।
तालीमा मर्न प्यारो हुन्छ
गालीमा जिउन गाह्रो हुन्छ
पुरानो कुरा सम्झि ल्याउंदा
अघि सर्न गाह्रो पर्छ ।
भो साइली, हामी छुटौं अब
बाचा कसम तोडौं अब
कामहरु सकिगए
घामहरु उदाइगए

आफ्नै घर फर्कन कुल देउता ढोग्नु पर्ने
पापहरु पखाल्न महापुराण लाउनु पर्ने
एकआंत बच्नलाई पुरानै मुखिया डाक्नु पर्ने
एकआङ जिउनलाई पुरानै सिरक ओढ्नु पर्ने

हेर त साइली,
नयां साल आयो, नयां बार आयो
मेरो घर उहीं तिम्रो थर उहीं
सबथोक भत्किए पनि कारोबार उहीं
भो साइली हामी छुटौं अब
नाता साइनो तोडौं अब
एक बारको जुनीलाई यस्तै भयो,
बेग्ला बेग्लै मसीले
बेदनाको नयां गीत कोरौं अब ।
विराटनगर, मोरङ

मा प्रकाशित

2 thoughts on “साइंली हामी छुटौं अब

  1. Very nice .Take care and make a change yourself you get people are changing.It’s a era of change.Thank you my good brother

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes