बाह्रगोठेमा दशैंको अवसरमा खुल्ला नकआउट फुटलब - Pahilo Online

बाह्रगोठेमा दशैंको अवसरमा खुल्ला नकआउट फुटलब

writer

पहिलो अनलाइन

पथरी । स्थानीयस्तरमा खेलकुदको विकास गर्ने र स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यले लेटाङ –९ बाह्रगोठेमामा फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय बाह्रगोठे युवा क्लब (वाईवीएफ) को आयोजनामा आगामी असोज ११ गतेदेखि खुल्ला नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगितालाई लेटाङ वडा नं. ९, लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेका छन् । सो प्रतियोगिताको समूह ए मा तिलकेनी क्लब, सनराइज, कान्छि चोक, लाफा क्लब, चिसाङ, छत्रपुर, लालमाटी, लेटाङबीच प्रतिष्पर्धा हुने छ । यसैगरी, समूह बी अन्तरगत वाराङ्गी, भ्याट्रन, कालिदह, बसन्त युवा क्लब, गुप्ती, विवाईसी आयोजक र न्युस्टारबीच भिडन्त हुने आयोजकले जनाएको छ । जम्मा १६ टिमले सहभागिता जनाउने उक्त प्रतियोगिताको फाइनल असोज २६ गते सप्तमीको दिन हुने जनाइएको छ ।

प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफि, मेडल प्रदान गरिने आयोजक बाह्रगोठे युवा क्लबका अध्यक्ष पूर्ण विश्वकर्माले जानकारी दिए । यस्तै, म्यान अफ द म्याच, बढी गोल गर्ने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

खेल सम्पन्न गर्नका लागि पूण विश्वकर्मा (खाती)को अध्यक्षतामा ७ सदस्यीय समिति समेत चयन भएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण लिम्बू, सचिवमा डम्बर लिम्बू, सह–सचिवमा धिरजहाङ लिम्बू र कोषाध्यक्षमा प्रकाश राई चयन भएका छन् । यसैगरी, सदस्यहरुमा टिका लिम्बू र हर्कमान लिम्बू रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes