कतारमा सावित्रा भण्डारीको दायाँ घुँडाको सफल शल्यक्रिया - Pahilo Online

कतारमा सावित्रा भण्डारीको दायाँ घुँडाको सफल शल्यक्रिया

writer

राष्ट्रिय महिला फुटबल टोली र एपिएफकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारी साँम्बाको दायाँ घुँडाको बिहीबार सफल शल्यक्रिया भएको छ । कतारस्थित दोहास्थित अस्पेटार अस्पतालमा उनको शल्यक्रिया भएको हो । उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) र मिनिस्कसको शल्यक्रिया भएको बताइएको छ । सावित्राले झन्डै ४५ मिनेटमा शल्यक्रिया सफल भएको र अहिले केहि दुखाई भने रहेको बताएकी छन् । सावित्रा १२ गते असारमा उपचारको लागि कतार प्रस्थान गरेकी थिइन् । उनले त्यहाँ आफ्नो क्वारेन्टिन अवधि पुरा गरेपछि शल्यक्रियाको लागि मिति तय भएको थियो । चोट लागेको झन्डै पाँच महिना लामो समयपछि उनी शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार गएकी हुन् ।

सावित्राको चाहना अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघको सहयोगमा उपचारको व्यवस्था मिलाएको थियो । लामो समयदेखि कतार फुटबल समयमा पटक पटक नेपाली खेलाडीको उपचारमा सहयोग गर्दै आएको छ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगर अहिले पनि कतारमै उपचार गराइरहेका छन् । टोलीका अर्का खेलाडी विक्रम लामा केहि साता अघि उपचार गरेर फर्केका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes