साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीबाट १४ खेलाडी बाहिरिए - Pahilo Online

साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीबाट १४ खेलाडी बाहिरिए

writer

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोटबाट १४ खेलाडी बाहिरिएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणमा ३६ खेलाडीको नाम सार्वजनिक गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले यसअघि विश्वकप छनोटको अन्तिम टोलीमा रहेका युवा गोलरक्षक विशाल सुनारलाई प्रारम्भिक छनोटबाट नै बाहिर राखेका छन् । यस्तै डिफेन्डर अमित तामाङ, विवेक बस्नेत, गौरव बुढाथोकी, निरज बस्नेत र निशान खड्का पनि दोस्रो चरणमा पर्न सकेनन् । मिडफिल्डर डोना थापा, मिक्छेन तामाङ, रवी पासवान र सेसेहाङ आङदेम्बे पनि टोलीमा परेनन् । फरवार्ड दर्शन गुरुङ, प्रेजेन तामाङ, सुदिल राई र शिशिर लेखी पनि पहिलो चरणबाट नै बाहिरिएका छन् ।

दोस्रो चरणको छनोटमा ५ गोलरक्षक कप्तान किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ र अर्पण श्रेष्ठ रहेका छन् । त्यस्तै फरवार्ड आशिष लामा, अभिषेक रिजाल, भरत खवास, मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, अन्जन विष्ट, सन्जोग राई र सुनिल बल पनि टोलीमा छन् । डिफेन्डर अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रणदिप पौडेल, रञ्जित धिमाल, रोहित चन्द र सुमन अर्याल टोलीमा अटाएका छन् । मिडफिल्डमा नितिन थापा, पुजन उपरकोटी, एरिक विष्ट, आयुष घलान, विशाल राई, कमल थापा, राजीव लोप्चन, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुरज जिउ ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेका छन् ।

मिडफिल्डर विक्रम लामा पनि टोलीसँग नै प्रशिक्षणमा छन् । कतारमा शल्यक्रिया गराएर नेपाल आएपछि उनी म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका छन् । उनी पूर्ण फिट भएको खण्डमा छनोटका लागि योग्य हुने एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप आयोजना भने अन्यौलमा नै रहेको छ । बंगलादेशले यसअघि निर्धारित सेप्टेम्बर तेस्रो साताको समयमा आयोजना गर्न नसक्ने संकेत देखाएको छ । बंगलादेशले आयोजना नगरेको खण्डमा नेपालले आयोजना गर्न दावेदारी प्रस्तुत गर्ने तयारी पनि छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes