नेपालबाट ओलम्पिकमा ५ खेलाडी सहभागिता रहने - Pahilo Online

नेपालबाट ओलम्पिकमा ५ खेलाडी सहभागिता रहने

writer

काठमाडौं । जापानमा हुने टोकियो २०२० ओलम्पिकका लागि नेपालबाट ५ खेलाडीसहित २६ जनाले सहभागिता जनाउने भएका छन् । ४ खेलमा ४ प्रशिक्षक, ५ खेलाडी तथा अन्यमा भने पदाधिकारी रहेका छन् । टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित समयमा स्थगन भएको टोकियो ओलम्पिक एक वर्षको अन्तरालमा सुरु हुँदा नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले जनाएको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै ओलम्पिकले तयारी पूरा बारे जानकारी दिएको हो ।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो । अब फेरि टोकियोमै अर्को संस्करणको ओलम्पिक हुँदैछ । यसपल्टको टोकियो ओलम्पिक नेपाल सहभागी १४ औं संस्करण हुनेछ । सहभागी हुने खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्जान्डर गाडेगार्ड शाह, सुटिङका कल्पना परियार, जुडोका सोनिया भट्ट तथा एथलेटिकसका सरस्वति चौधरी रहेका छन् ।

गौरिकाले वुमेन्स १०० सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्लेछन् । कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सानियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतिले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउने छन् भने बाँकी दुई खेलाडी आमान्त्रित अर्थात ‘वाइल्ड कार्ड’ को आधारमा सहभागी हुनेछन् । नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल छन् । उद्घाटन समारोहमा आयोजना हुने मार्च पासमा गौरिका सिंहले नेपाली झण्डा बोकेर नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes