इटालीलाई युरो कप २०२० को उपाधि - Pahilo Online

इटालीलाई युरो कप २०२० को उपाधि

writer

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भएको हो ।

पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन । दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुनः प्रतिस्पर्धात्मक देखिएको थियो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes