थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोली पुरस्कृत - Pahilo Online

थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोली पुरस्कृत

writer

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिम नगदसहित पुरस्कृत भएका छन् । सरकारले आइतबार एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई पुरस्कृत गरे । सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो । थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख दिने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको हो । गत चैतमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरेका थिए ।

दशरथ रंगशालामा भएको उक्त फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला पुगेका थिए । उनले उपाधि विजेता खेलाडीलाई मैदानमा गएर बधाई दिएका थिए । थ्री नेसन्सको उपाधि नेपालले ३७ वर्षपछि घरेलु भूमिमा जितेको पहिलो उपाधि हो । त्यसअघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes