ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन - Pahilo Online

ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन

writer

एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरे ।

यता, बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ । यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । ३४ वर्षीय मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका हुन् ।

सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेस्सीले सन्यास घोषणा गरेका थिए । तर, उनी सन्यास फिर्ता लिदै राष्ट्रिय टिममा फर्किएका थिए  अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो । यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes