नेपाल एएफसी यू–२३ छनोटमा समूह बी मा - Pahilo Online

नेपाल एएफसी यू–२३ छनोटमा समूह बी मा

writer

नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत छनोटको समूह बी मा परेको छ । यस समूहको सम्पूर्ण खेल ताजिकिस्तानमा आयोजना हुनेछ । एएफसीले शुक्रबार सार्वजनिक गरेको समूह ड्र अनुसार नेपालको समूहमा ताजिकिस्तानसँगै इरान र लेबनान रहेका छन् । प्रत्यक समूहको शीर्ष टोलीले सिधै अन्तिम प्रतियोगितामा स्थान बनाउने छन् । त्यस्तै दोस्रो स्थान हासिल गर्ने शीर्ष ४ टोली पनि छनोट हुनेछन् ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

यसपटक नेपाली टोलीमा राष्ट्रिय टोलीमा रहेका अभिषेक रिजाल, सुमन अर्याल, मनिष डाँगी, दीप कार्की, अर्पण कार्की, सेसेहाङ आङदेम्बे, राजीव लोप्चन लगायत खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । लामो समय यो उमेर समूहमा खेलेका अनन्त तामाङ, अन्जन विष्ट लगायत भने यसपटक बाट यस उमेर समूहमा देखिने छैनन् । प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes