एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई आइसिसीको स्वीकृति - Pahilo Online

एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई आइसिसीको स्वीकृति

writer

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्वीकृति दिएको छ । इपिएलले एक प्रेस विज्ञप्ति मार्फत आइसिसीले स्वीकृति दिएको बिहिबार जानकारी दिएको छ ।

प्रतियोगिता असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) टियु क्रिकेट मैदान काठमाडौंमा हुने छ ।कोरोना महामारी अघि इपिएल गतवर्ष चैत १ देखि १५ गते सम्म हुने तय भएपनि अन्तिममा अनिश्चित समयको लागि स्थगित हुन पुगेको थियो । प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिनै स्वीकृति दिएको थियो । प्रतियोगिता अन्तर्गत तीन शनिबार पर्दछन् । इपिएलमा संस्थापक आमिर अख्तरले सबैलाई धन्यावाद ब्यक्त गरेका छन् ।

‘सर्वप्रथम म हाम्रो साझेदार, प्रायोजक, फ्रेन्चाइज टोली, मिडिया र नेपाली क्रिकेट समर्थक धैर्य र निरन्तर समर्थनको लागि धन्यावाद दिन चाहन्छु । दशैं बिदा हुनुअघि काठमाडौंको सुन्दर मौसममा क्रिकेटका सुभचिन्तक र प्रशंसकहरुले मज्जालिन सक्नेछन्’, अख्तरले भनेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes