ए डिभिजन लिग असोज ३ बाट गर्ने निर्णय - Pahilo Online

ए डिभिजन लिग असोज ३ बाट गर्ने निर्णय

writer

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट गर्ने निर्णय गरेको छ । सोमबार ए डिभिजन लिग क्लबका प्रतिनिधिहरुसँग बसेको बैठकले लिग असोजबाट गर्ने निर्णय गरेको हो । खेलाडी दर्ता भने अर्को महिनादेखि मात्र खुला हुनेछ । राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहँदा ए डिभिजन लिगका लागि भने यी खेलाडी तयारीमा उपलब्ध हुने छैनन् । राष्ट्रिय टोलीका खेलाडीले साफ च्याम्पियनसिप पछि मात्र क्लबबाट खेल्नेछन् ।

साफ च्याम्पियनसिप यसअघि १४–२५ सेप्टेम्बरलाई तोकिएको भएपनि मिति केहि अघि सार्ने साफको तयारी रहेको छ । साफले अगष्टको अन्तिम साता प्रतियोगिता सुरु गरेर सेप्टेम्बर पहिलो सातामा प्रतियोगिता समापन गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गरेको छ । यसबारे केहि दिनमा नै औपचारिक निर्णय आउने बुझिएको छ । ए डिभिजन क्लबहरुले खेलाडी अनुबन्धमा पनि बिस्तारै तदारुकता देखाउँदै आएका छन् । गतवर्ष कोरोना भाइरसका कारण डिभिजन लिग सम्भव भएको थिएन । यसपटक नेपाल सुपर लिग (एनएसएल) को आगमनसँगै ए डिभिजन क्लब र एन्फामाथि दबाब परेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes