चेल्सीलाई दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि - Pahilo Online

चेल्सीलाई दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि

writer

एजेन्सी । लन्डन क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोलमा चेल्सीले सिटीलाई १–० ले हरायो ।

चेल्सीले सन् २०१२ पछि उपाधि जित्दै क्लब इतिहासमा च्याम्पियन्स लिग उपाधि संख्या दुई पुर्याएको छ । म्यानचेस्टर सिटी भने फाइनल पुगेको पहिलो अवसरमा उपाधिबाट विमुख हुनु पर्यो । सिटीले अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सीले पहिलो हाफमा गरेको गोलकै भरमा उपाधि जित्न सफल रहयो ।

चेल्सीले पहिलो हाफको अन्त्यतिर हाभर्ट्जको गोलमा अग्रता लिएको थियो । मेसन माउन्टले आफ्नै हाफबाट दिएको उत्कृष्ट थ्रु पासलाई हाभर्ट्जले गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए । चेल्सीले दोस्रो हाफको ७३ औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर खेर फालेको थियो । क्रिस्टियन पुलिसिचको प्रहार गोलरक्षक बिट भएपनि पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा मिडफिल्डर केभिन डे ब्रुएन चोट लागेपछि मैदान छाड्न बाध्य भए । डिफेन्डर एन्टोनियो रुडीगरसँग जुध्न पुग्दा उनको अनुहारमा चोट लागेको थियो । त्यसपछि सिटीले लगातार खेलाडी परिवर्तन गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड सर्जियो अगुएरोले सिटीका लागि अन्तिम खेल हारका साथ अन्त्य गरे । चेल्सीले पनि पहिलो हाफमा नै अनुभवी डिफेन्डर थियागो सिल्भालाई चोटका कारण गुमाएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes