सरकारले आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने - Pahilo Online

सरकारले आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने

तरकारी, दूध र माछा–मासुको ढुवानीमा किसानलाई २५ प्रतिशत अनुदान

writer

मोरङ । सरकारले आगामी आर्थिक वर्षमा ३ सयवटा पुल निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको बताए । सरकाले काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ ।

यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । तीनकुने–जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ । त्यसैगरी सरकारले काठमाडौंमा १ सय वटा विद्युतिय बस सञ्चालनको तयारी गरेको छ । देशभरका ५ सय चार्जिङ स्टेशन, टर्मिनल भवन र अन्य पूर्वाधार निर्माण गरिने बताए ।

तरकारी, दूध र माछा–मासुको ढुवानीमा किसानलाई २५ प्रतिशत अनुदान
सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार यस्तो घोषणा गरेका हुन् । फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ । यस्तै साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes