कोभिडविरुद्ध लड्न अष्ट्रेलियाद्वारा नेपाललाई ६३ करोड सहयोग घोषणा - Pahilo Online

कोभिडविरुद्ध लड्न अष्ट्रेलियाद्वारा नेपाललाई ६३ करोड सहयोग घोषणा

writer

काठमाडौं । कोरोना महामारीले नराम्ररी थलिएको नेपाललाई मित्रराष्ट्र अष्ट्रेलियाले ७ मिलियन अष्ट्रेलियन डलर अर्थात् ६३ करोड ४८ लाख रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाली दूतावासले निकालेको विज्ञप्तिमा यो कोभिड–१९ विरुद्ध नेपाललाई अतिरिक्त सहयोगको घोषणा भएको जनाएको छ ।

दक्षिण एशियाका नेपाल, बंगलादेश र श्रीलंकालाई दिने भनेको १७.५ मिलियन डलरकै एक हिस्साका रुपमा यो सहयोग नेपाललाई दिन लागिएको विज्ञप्तिमा भनिएको छ । सहयोगमा प्रदेश सरकारलाई अक्सिजन लगायतका जरुरी उपकरण र स्वास्थ्यकर्मीका लागि पीपीई लगायतका सामाग्री समावेश गरिएको छ । नेपालमा फैलिएको महामारीविरुद्ध युरोप, अमेरिका, जापान र राष्ट्रसंघीय निकायसँग मिलेर काम गर्ने पनि अष्ट्रेलियाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes