पहिलो खुकुरी नेपाल सुपर लिगमा काठमाडौं रेजर्स च्याम्पियन - Pahilo Online

पहिलो खुकुरी नेपाल सुपर लिगमा काठमाडौं रेजर्स च्याम्पियन

writer

काठमाडौं । लिग चरण र प्ले अफमा भोगेको हारको बदला लिदै काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ । काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौंलाई च्याम्पियन बनाउन पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए । काठमाडौं लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो । धनगढीले जितो लयलाई निरन्तरता दिन नसक्दा उपाधिबाट वञ्चित बन्यो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पोस्ट प्रहारमा काठमाडौंले गोल गर्दै अग्रता लिएको हो । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औं मिनेटमा उत्कृष्ट फिनिस गरेका हुन् । जारी लिगमा उनको यो आठौं गोल हो । २१ मिनेटसम्मको पहिलो मुभमा नै काठमाडौंले गोल गर्न सफल भएका हुन् । काठमाडौंका राजन गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैया र निभियाबाट आकर्षक उपहार प्राप्त गरे । काठमाडौंकै फ्लोरेन्ट कोरा प्लेयर अफदि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त ग¥यो । । विजयी टोली तथा खेलाडीलाई एनएसएलका प्रमुख अश्रेयता कार्की चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, चौधरी ग्रुपका प्रमुख विनोद चौधरी, एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप शर्मा, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र राखेप सदस्य हरि खड्का र सुभाष श्रेष्ठ लगायतले पुरस्कृत गरे । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो ।

राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएको थियो । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes