म्यानचेस्टर सिटीलाई तीन चरणको खेल अगाबै प्रिमियर लिगको उपाधि - Pahilo Online

म्यानचेस्टर सिटीलाई तीन चरणको खेल अगाबै प्रिमियर लिगको उपाधि

writer

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको सिजन २०२०–२१ को उपाधि जितेको छ । मंगलबारको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि सिटीको सातौं लिग उपाधि पक्का भएको हो । पेप गुआर्डीओलाको टोलीले ३५ खेलमा ८० अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० अंकको अग्रता बनाएपछि सिटीले पछिल्लो चार सिजनमा तेस्रो उपाधि पक्का गरेको हो ।

गुआर्डीओलाले सन् २०१६ मा सिटी आएयता आठौं घरेलु उपाधि जितेका हुन् । सिटीले यसै साता चेल्सीसँग घरेलु मैदानमा २–१ को हार बेहोरेपछि उपाधिका लागि केहि प्रतीक्षा गर्नुपरेको थियो । तर दोस्रो स्थानको युनाइटेडलाई लेस्टरले २–१ ले पराजित गरेपछि सिटीको विजय पक्का भएको हो । लेस्टरको जितमा लुक थोमस र काग्लार सोयुन्चुले गोल गर्दा मेसन ग्रिनवुडको बराबरी गोलले अंक दिलाउन सकेन ।

सिटीले दुई साताअघि मात्र लिग कपको उपाधि जितेको थियो । टोटेनहमलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जितेको सिटीले यसै महिना च्याम्पियन्स लिगको फाइनल पनि खेल्दैछ । सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको थियो । अब सिटीले च्याम्पियन्स लिगको उपाधिका लागि इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । यसै सिजनमा चेल्सीले एफ.ए कपमा पनि सिटीलाई पराजित गरेको थियो । सन् २००८ मा आबुधाबी ग्रुपले स्वामित्व लिएयता सिटीले १२ उपाधि जितेको छ । एकै सिजनमा लिग उपाधि र लिग कप जितेको यो तेस्रो पटक हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes