युवा संघको सामग्री व्यवस्थापनमा कोरोना सहायता कक्ष सञ्चालन - Pahilo Online

युवा संघको सामग्री व्यवस्थापनमा कोरोना सहायता कक्ष सञ्चालन

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा अक्सिजन सहितको कोरोना सहायता कक्ष ( हेल्प डेस्क) खडा गरिएको छ । राष्ट्रिय युवा संघको नगर कमिटीले १० सिलिण्डर अक्सिजन ग्यास, सेनिटाइजर, मास्क, खानेपानी सहितका सामग्री व्यवस्थापन गरी कोरोना सहायता कक्ष सञ्चालनका लागि सोमबार वडा नम्बर १ मा अवस्थित पथरी अस्पताललाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय उपमहासचिव विजय डाँगी, केन्द्रीय सचिवालय सदस्य नविन पौडेल र पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कोरोनाको संक्रमणको यस अवस्थामा यसखाले काम ज्यादै सहनीय भएको बताए । अन्य विकासलाई थाँती राखेर निस्वार्थ रुपमा मानिस बचाउँने अभियानमा लाग्नु पर्ने उनीहरुको धारणा थियो । कसैले घरमा लगेर त्यत्तिकै अक्सिजन राख्नु भन्दा अस्पतालमा अक्सिजन जम्मा पार्न सकेमा संक्रमितको ज्यान बचाउन सकिने भएकाले अक्सिजन ओगट्ने र कृत्रिम अभाव सिर्जना गर्ने कार्य रोक्न सवैले खबरदारी गर्नुपर्ने पनि उनस्हरुले बताए । पथरी अस्पतालका इश्वरी सापकोटा सहितलाई सामग्री हस्तान्तरण गरिएको हो ।

नगरपालिका कार्यालयले नगर अस्पतालमा कम्तिमा १५ शैयाको आइसोलेसन सञ्चालनको तयारी गर्दै नगरका २ वटा एम्बुलेन्स कोरोना विरामी ओसारपसारमा निःशुल्क उपलब्ध गराउने तथा कन्ट्रयाक ट्रेसिङका आधारमा दैनिक पीसीआर परीक्षण कार्य अघि बढाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes