बार्सिलोना कोपा डेल रे च्याम्पियन - Pahilo Online

बार्सिलोना कोपा डेल रे च्याम्पियन

writer

एजेन्सी । दोस्रो हाफमा १२ मिनेटको दौरानमा चार गोल गरेपछि क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको च्याम्पियन बनेको छ । ला लिगा प्रतिद्धन्द्धी एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन बन्दा सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । सेभियामा शनिबार राति भएको खलेमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव हुदाँ १२ मिनेटको अन्तरमा चार गोल भएको थियो ।

कोपा डेल रेको सर्वाधिक सफल ३१ पटकको च्याम्पियन बार्सिलोना २०१८ पछि पहिलोपटक कोपा डेल रेको च्याम्पियन बनेको हो । बिल्वाओ लगातार दुई सिजन फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बन्यो । २०१९ मा भ्यालेन्सिया च्याम्पियन बन्दा बिल्वाओ यो सिजनसहित गत सिजनको फाइनलमा पराजित भएको थियो । गत सिजनको गत महिना भएको फाइनलमा रियल सोसिडाड च्याम्पियन बनेको थियो ।

सेभियामा शनिबार राति भएको खेलमा बिल्वाओले पहिलो हाफमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । ६०औं मिनेटमा एन्टोइन ग्रिजमनले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ६३औं मिनेटमा फ्रान्की डि योङले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसपछिको दुवै गोल कप्तान लियोनेल मेस्सीको नाममा रह्यो । ६८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अग्रसर गराए । त्यसको चार मिनेटपछि ७२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जितसहित च्याम्पियन बनाए । ८६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए । बिल्वाओविरुद्ध बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेको थियो । यस्तै रोनाल्ड कोम्यानले प्रशिक्षकको रुपमा बार्सिलोनामा पहिलो उपाधि जित्न सफल भए । उनी यसै समरमा नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकको पद छाड्दै बार्सिलोना आएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes