क्यामरुनलाई हराउँदै संकटा सेमिफाइनलमा - Pahilo Online

क्यामरुनलाई हराउँदै संकटा सेमिफाइनलमा

writer

मोरङ । पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पंजावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २– ० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो । फाइनल यात्राको लागि बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बिच बुधबार प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनिाइटेड सिकिम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले चिरप्रतिद्धोन्द्धी विभागीय टिमलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । विराट गोल्डकपको पूर्व बिजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितका लागि निर्णायक बन्यो । संकटाका विदेशी खेलाडी ओडी गोल्रीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए ।

पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरुनले खेल बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । पोखरामा सम्पन्न भएको आरा रारा गोल्डकपमा हार व्यवहोरेपछि विराट गोल्डकपमा बदला लिने क्यामरुनको रणनीति पनि बिफल भयो । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा क्यामरुन दोस्रो हाफमा १–० ले पछि प¥यो । खेलको पहिलो हाफमा क्यामरुनको लागि निकै संघर्षपूर्ण बन्यो । क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको १३ औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले पेलान्टी एरियादेखि गरेको प्रहार संकटाका गोलकिपर राजुबाबु थापाले उत्कृष्ट बचाउ गरिदिए । संकटाका विष्णु सुनवारले खेलको २६ औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार क्यामरुनको गोलरक्षक डिए स्यालबियोे बाधक बने । ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ४५ औं मिनेटमा क्यामरुनका खेलाडी बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।

दोस्रोे हाफपछि आक्रमक भएको क्यामरुनले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ५८ औं मिनेटमा क्यामरुनको माफोमाले गरेको कडा प्रहार क्यामरुनको गोलरक्षक राजुबावले बिफल पारिदिए । खेलको ८९ औं मिनेटमा क्यामरुनका फ्बराईसले पेलान्टी एरियादेखि गरेको प्रहार बाहिरिदा पाहुना टोली बाहिर बाध्य भयो । खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

१९ औं आहा–रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई ४–२ ले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो । जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा जित हासिल भएको बताए । यता क्यामरुकनका प्रशिक्षक सरजेल बोरीसले केही राम्रो खेलाडी पोखरामा छुटदा हार भएको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes