चर्च ब्वाइज ‘सी’ डिभिजन लिग च्याम्पियन बन्दै बि डिभिजनमा बढुवा - Pahilo Online

चर्च ब्वाइज ‘सी’ डिभिजन लिग च्याम्पियन बन्दै बि डिभिजनमा बढुवा

writer

काठमाडौं । चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बन्दै ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । यस्तै वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा रहँदै ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् ।

सुपर सिक्सको अन्तिम खेलमा चर्च ब्वाइजले झापा फुटबल क्लबलाई २–१ ले पराजित लिगको शीर्षस्थानमा रहँदै ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको सुपर सिक्सको अन्तिम खेलमा चर्च ब्वाइजको जितमा रिजन माझी र सोम थापाले गोल गरे । झापाका श्यामु मुरामुले एक गोल फर्काए । झापालाई ‘बी’ डिभिजनमा बढुवा हुन जित निकाल्नैपर्ने थियो । तर, झापाले जित निकाल्न नसक्दा ‘सी’ डिभिजनमै यथावत रह्यो ।

सामाजिक युवा क्लबले वीरगन्ज युथ एकेडेमीलाई १–० ले पराजित गर्दै तेस्रो स्थानमा रह्यो । सामाजिकको जितमा प्रविन कुमार खवासले गरेको गोल नै निर्णायक बन्यो । वीरगन्ज युनाइटेडले पिनाकल खालीबारी युथ क्लबलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा रहेको लिगको अन्त्य गर्दा दोस्रो डिभिजनमा बढुवा हुन सफल भयो । वीरगन्ज युनाइटेडको जितमा सन्दीप चौधरी, विवेक चौधरी र इमान लामाले गोल गर्दा चतुर्धन चौधरीले एक गोल फर्काए ।

च्याम्पियन चर्च ब्वाइजले उपाधिसहित १० लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको वीरगन्ज युनाइटेडले ७ लाख तथा तेस्रो भएको सामाजिक युवा क्लबले ४ लाख रुपैयाँ हात पारेको छ । वीरगन्ज युनाइटेडका दिल मनि चौधरी उत्कृष्ट गोलरक्षक चुनिए । चर्च ब्वाइजका सनम राई उत्कृष्ट डिफेन्डर, चर्च ब्वाइजकै साइमान लिम्बु उत्कृष्ट मिडफिल्डर र वीरगन्ज युनाइटेडका विवेक चौधरी उत्कृष्ट फरवार्ड चुनिंदा सामाजिक युवा क्लबका सन्दिप खड्का उत्कृष्ट प्रशिक्षक ठहरिए । उनीहरु सबैले समान २५–२५ हजार रुपैयाँ प्राप्त गरे । फेयर प्ले पाएको झापाले ५० हजार रुपैयाँ पायो । (हाम्रो खेलकुद)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes