इन्डोनेसिया र पूर्वी टिमोरमा आएको बाढीका कारण ५० जनाको मृत्यु - Pahilo Online

इन्डोनेसिया र पूर्वी टिमोरमा आएको बाढीका कारण ५० जनाको मृत्यु

writer

एजेन्सी । इन्डोनेसिया र पूर्वीए टिमोरमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण कयौं भौतिक संरचनाहरुमा क्षति पगेको छ । बाढीका कारण टापुहरुमा क्षति पुगेको बीबीसीले जनाएको छ । इन्डोनेसिया र पूर्वी टिमोरमा बाढीले अत्याधिक क्षति पु¥याएको बताइएको छ । इन्डोनेसियाका प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले बाढी र पहिरोमा मृत्यु हुने र प्रभावितको संख्या अझै बढ्न अनुमान गरेका छन् ।

विभागका प्रवक्ता रादित्य जातीले इन्डोनोसियाका चार जिल्ला र सात गाउँमा बाढीले अत्याधिक क्षति पु¥याएको छ । विभिन्न क्षेत्रमा हराइरहेका मानिसहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । यता टिमोर लेस्टरका अधिकारीहरुले राजधानी डिल्लीमा पनि हराइरहेकाहरुको खोजी भइरहेको जनाएका छन् । त्यहाँ ११ जनाको मृत्यु भएको बताइएको छ । बाढी पहिरोमा परेर घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes