बेनिशाले ‘प्रेमगन्ज’मा काम गर्ने - Pahilo Online

बेनिशाले ‘प्रेमगन्ज’मा काम गर्ने

writer

नेपाली चलचित्रकी नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, चलचित्र ‘प्रेमगन्ज’मा काम गर्ने पक्का गरेकी हुन् । उनले योभन्दा अघि चलचित्र ‘भाडाकुटी’ साइन गरेर बसेकी थिइन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका थिए ।

चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको निर्माणपक्षले बताएको छ । परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिनेछ । सेन विगत १५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् ।

यो चलचित्रका लागि यसअघि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भैसकेका थिए । चलचित्रमा संजय लामाको छायांकन रहनेछ । राजु फुयाँल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्रको छायांकन चाडै नै सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes