काठमाडौं । जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आजको खेलमा खालीबारी युथ क्लबले जित निकालेको छ । खेलमा खालीबारीले सानोगौचरण युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारीलाई जित दिलाउन इमान लामाले निर्णायक गोल गरे । इमानले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । जुन गोल खेलमा निर्णायक बन्यो । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।