चर्च ब्वाइज र झापा विजयी - Pahilo Online

चर्च ब्वाइज र झापा विजयी

writer

काठमाडौं । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा स्वयम्भु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्चले लगातार तेस्रो जित निकालेको हो । जितसँगै समूह ‘बी’ मा रहेका चर्चले ३ खेलमा ९ अंक जोडेको छ । चर्च समूहको शीर्ष स्थानमा रहेको छ । स्वयम्भुको यो दोस्रो हार हो । स्वयम्भुले ३ खेलमा ३ अंक जोडेको छ ।

दोस्रो खेलमा झापा एफसीले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा समाज कल्याण खेलकुद केन्द्रलाई २–० गोल अन्तरले पराजित गर्दै झापाले पहिलो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन सरोज दर्जी कार्की डोली र श्यामु मुरामुले एक एक गोल गरे । खेलको नवौं मिनेटमा सरोजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा श्यामुले गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

जितसँगै झापाले ३ खेलमा ३ अंक जोडेको छ । झापाले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। समाज कल्याणको यो पहिलो हार हो । समाजले ३ खेलमा ६ अंक जोडेको छ । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes