नेपालले खेल्ने विश्वकप छनोटका बाँकी ३ खेल कुवेतमा खेल्ने - Pahilo Online

नेपालले खेल्ने विश्वकप छनोटका बाँकी ३ खेल कुवेतमा खेल्ने

writer

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ । एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह समूह ’बी’ का खेलहरु कुवेतमा हुने जनाएको छ ।

कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ । छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यस अघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

छनोट अन्तर्गत समूह ’ए’ को बाँकी खेल चीन, समूह ’सी’ को बहराइन, समूह ’डी’ को साउदी अरेबिया, समूह ’ई’ को कतार, समूह ’एफ’ को जापान, समूह ’जी’ को युएई र समूह ’एच’ दक्षिण कोरियामा हुनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes