गोरु काटेको अभियोगमा तीन जना पक्राउ - Pahilo Online

गोरु काटेको अभियोगमा तीन जना पक्राउ

writer

धनकुटा । गोरु काटेको अभियोगमा तीन जना स्थानिय पक्राउ परेका छन् । धनकुटा नगरपालिका वडा नम्बर ६ मा पक्राउ पर्नेमा धनपा–६ कचिडेका सिरानका वर्ष ३० का अमर मग्राती, वर्ष २२ का विकास विसुंखे र वर्ष ३७ का भेषबहादुर भनिने सिमन विसंखे रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत धनकुटामा विहिवार उपस्थित गराईएका उनीहरुलाई जनही ६० हजारका दरले धरौटी तोकेको थियो । जसमध्ये सिमनले मात्र धरौटी रकम ६० हजार बुझाएकाले तारेखमा छुटेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिएका छन् । अन्य दुई जना अमर र विकास भने अदालतले तोकेको धरौटी रकम वुझाउन नसक्दा कारागार चलान भएका छन् । नेपालको संविधानको धारा २५९ को उपदफा २ को १ वमोजिम गौवद्ध सम्वन्धी कसूर गर्ने वा मार्ने व्याक्तिलाई ३ वर्ष कैद हुने व्यास्था गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes